क्यानाडाली नागरिकको हमासद्वारा क्रूरतापूर्वक हत्या

इनेप्लिज २०८० असोज २५ गते ०:३७ मा प्रकाशित

एक क्यानाडाली नागरिकलाई हमासले “क्रूरतापूर्वक” लग्यो र गाजा सीमा नजिकै एउटा सानो इजरायली समुदायमा बस्दै गर्दा हत्या गरेको ओटावाको यहूदी महासंघ (जेएफओ) ले सिएनएन सम्बद्ध सिटिभीलाई बताएको छ ।

सिटिभीले दिएको सूचना अनुसार ३३ वर्षीय दोहोरो क्यानाडेली-इजरायली नागरिक आदि वितल क्यापलोनलाई हमासले इजरायलमा मारेको थियो।

जेएफओ प्रमुख कार्यकारी एन्ड्रिया फ्रीडम्यानले बुधवार एक पत्रकार सम्मेलनमा क्यापलोनको परिवारबाट एक वक्तब्य पढिन ।

“आदीले आफ्नो देश इजरायललाई माया गर्थिन आदिले क्यानाडालाई पनि माया गर्थिन र गहिरो सामुदायिक सम्बन्ध भएको स्थानीय ओटावा परिवारका एक गर्व क्यानाडाली नागरिक थिइन ,” विज्ञप्तिमा भनिएको छ।

उनलाई यहूदी भएको कारणले उनको घरमा आतंककारीहरूले हत्या गरेका थिए।

ओटावाका नगर प्रमुखले समबेदना दिदै आफू स्तब्ध भएको बताए ।

प्रतिक्रिया