इन्दिरा जोशीद्वारा “कलिवुड नाईट २०२३” का कलाकारहरु लगायत स्वंमसेवकहरुलाई प्रमुख अतिथि भै प्रमाणपत्र वितरण

इनेप्लिज २०८० असोज २४ गते २२:३९ मा प्रकाशित

नेपालबाट अमेरिका आएकी चर्चित गायिका इन्दिरा जोशीले “कलिवुड नाईट २०२३” अपार सफलताका साथ सम्पन्न पश्च्यात कार्यकमका कलाकारहरु लगायत स्वंमसेवकहरुलाई प्रमाणपत्र वितरण गरेकी छिन । उनि उक्त कार्यकममा प्रमुख अतिथिको भूमिका निर्वाह गरेकी थिइन् भने उनले अक्टोबर ७ शनिबारका दिन आयोजना भएको कलिवुड नाईट २०२३ मा आफ्ना कालजयी गीतहरु प्रस्तुति गरेकी थिइन्।

समयमा शुरु, समयमा अन्त, बिना भाषण बिना आसन केवल विशुद्द मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम पस्किने हेतुले २०१७ बाट शुरुवात गरिएको “कलिवुड नाईट” मा भव्यताका साथ सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा आफ्नो बेजोड प्रस्तुती दिनुहुने सम्पूर्ण कलाकारहरु लगायत रात दिन खटिनु हुने स्वयंसेवकहरुलाई प्रणाम पत्र दिनको निमित्त छुट्टै दिन अर्थात् अक्टूबर ८ लाई केसी डान्स सेन्टरले “कलिवुड नाईट २०२३ प्रमाणपत्र दिवस ” भनि सम्पूर्णलाई प्रमाण पत्र वितरण गर्यो।

नेपालबाट “कलिवुड नाईट २०२३” कार्यक्रमको लागि आएकी जोशी यस “सर्टिफिकेट डे” अर्थात् प्रमाणपत्र दिवस मा प्रमुख अतिथि रहनु भएकी थिईन। उनले कलाकारहरु लगायत स्वंमसेवकहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथ हौसला पनि प्रदान गरेकी थिइन् ।

केसी डान्स सेन्टरले गरेको कार्य प्रति खुशी व्यक्त गर्दै सानो दुई वटा गीतका टुक्राहरु गुनगुनाएकी थिइन् । उपस्थित सम्पुर्णले ताली बजााएर साथ दिएका थिए।

केसी डान्स सेन्टरका संचालकद्वय नवीन केसी र लुना श्रेष्ठले प्रमुख अतिथि इन्दिरा जोशीलाई फुल गुच्छा दिएर स्वागत गर्नुको साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा एन ई सि सि बोर्ड अफ ट्रस्टीका अध्यक्ष खिलेन्द्र न्यौपाने, ददी ढुंगाना, राम मिश्र, एन आर एन ए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्की, अर्जुन दहाल, हिना श्रेष्ठ, कलाकार राहुल केसी, “कलिवुड नाईट २०२३” मा प्रस्तुती दिनु हुने केसी डान्स सेन्टरका प्रशिक्षार्थीहरु, अभिभावकहरु, स्वयंसेवकहरु, विज्ञापनदाताहरु, टेक्निसियन ईन्चार्ज कृष्ण दाहाल , म्यानेजमेन्ट कमिटिका दिपक शर्मा, सह-प्रस्तोता बविता प्रधान श्रेष्ठ सहित बाक्लो उपस्थित रहेको थियो भने कार्यक्रम संचालन परशु तिमल्सिनाले गरेका थिए ।

कार्यक्रमको शुरुमा केसी डान्स सेन्टरका संस्थापक नवीन केसीले स्वागत मन्तव्य दिदै सबैलाई स्वागत गरेका थिए । यो वर्षको कलिवुड नाईट भव्यताका साथ सफल बनाई दिनु हुने सम्पूर्णलाई उनले एकमुष्ट धन्यवाद दिएका थिए ।

अन्तमा ,आगामी वर्ष २०२४ मा घटस्थापनाको ठिक अघिल्लो शनिवार डवल धमाकाका साथ “कलिवुड नाईट २०२४” लिएर आउने वाचा समेत गरे ।

प्रतिक्रिया