एएनएद्वारा इजरायलमा भएको नेपालीहरुको दुखद घटना प्रति स्तब्ध र समवेदना :प्रेस विज्ञप्ति जारी

इनेप्लिज २०८० असोज २३ गते १:४० मा प्रकाशित

एसोसिएसन अफ नेपलीज इन द अमेरिकाज (एएनए)ले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलमा भएको नेपालीहरुको दुखद घटना प्रति स्तब्ध भएको र दुखद घडीमा समवेदना प्रकट गरेको छ ।

एएनएका अध्यक्ष खगेन्द्र अधिकारीद्वारा जारी गरिएको बिज्ञप्तिमा अक्टोबर ७, २०२३ मा इजरायलमा भएको आक्रमणमा कम्तीमा १० नेपाली विद्यार्थी मारिएकोमा दुख व्यक्त गर्दै संस्थाको तर्फबाट शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

पीडितहरू र उनीहरूप्रति हाम्रो गहिरो सहानुभूति व्यक्त गर्दछ। यो कठिन परिस्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई शान्त रहन आग्रह समेत उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिस्तृत जानकारी लिन यो पिडिएफमा जानु होला :

प्रतिक्रिया