
फ्रान्समा भइरहेको जी-सेभेन जी-७ को शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनबीच महत्त्वपूर्ण भेटवार्ता भएको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमति भएसँगै विश्व बजारमा इन्धन (ऊर्जा) को आपूर्तिलाई पुनः सहज बनाउन यो बैठक केन्द्रित थियो।
बैठकमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले तेल ओसारपसार हुने मुख्य समुद्री मार्ग (हर्मुज जलडमरू मध्य) लाई सुरक्षित रूपमा खुला गर्न आफ्नो देशले तत्कालै सहयोग गर्न सक्ने बताए।
म्याक्रोनका अनुसार फ्रान्सले आउँदो मङ्गलबारदेखि नै निरीक्षणका लागि लडाकु विमानहरू पठाउन सक्छ।
साथै, मध्यपूर्वमा पहिल्यैदेखि तैनाथ फ्रान्सको आणविक ऊर्जाबाट चल्ने ठूलो युद्धपोत (एयरक्राफ्ट क्यारियर) र अन्य साना युद्धपोतहरू (फ्रिगेट्स) पनि दुई-तीन दिनभित्रै मद्दतका लागि पुग्न सक्ने उनले प्रतिवद्धता जनाए।
जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले समुद्री मार्ग चाँडै खुल्ने कुरामा आफू विश्वस्त रहेको भन्दै फ्रान्सको धेरै मद्दत आवश्यक नपर्न सक्ने बताए।
तर, केही देशका एक-दुईवटा जहाज त्यहाँ सुरक्षाका लागि तैनाथ हुनु नराम्रो विचार नभएको भन्दै उनले फ्रान्सको तत्परताको प्रशंसा गरे।
यो द्विपक्षीय भेटघाट सकेर राष्ट्रपति ट्रम्प जी-७ अन्य नेताहरूसँगको स्वागत समारोहमा सहभागी भएका छन् ।
यसपछि उनि नेताहरूका लागि आयोजना गरिएको रात्रिभोजमा सामेल हुने छन् ।
प्रतिक्रिया