दशैँको अवसरमा बाल्टिमोरको प्राइम नेपाली बजारमा १५ दिन सम्म सबैचिजमा १५ % छुट ,किराना,लत्ता कपडा देखि सबैमा छुट

इनेप्लिज २०८० असोज २२ गते २३:४३ मा प्रकाशित

दशैँको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरको प्राइम नेपाली बजारमा १५ दिन सम्म सबैचिजमा १५ % छुट दिने घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैँको शुभ अवसरमा त्यहाँ पाइने सबै चिजमा १५ दिन सम्मको लागि नेपाली समुदायको लागि भारी छुटको प्रबन्ध गरिएको छ ।

आगामी अक्टोबर १० देखि अक्टोबर २५ सम्म खरिद गर्ने सबै ग्राहकहरुले १५ % को छुट पाउने प्राइम पसलका संचालक गणेश लामिछानेले इनेप्लिजलाई बताए । अर्थात् अक्टोबर १० मंगलबार देखि उक्त १५ % छुट किन्न चाहना राख्नेको नेपाली समुदायलाई स्वागतम गरिने छ ।

अमेरिकामा लत्ता कपडाहरुमा छुट भएता पनि किराना पसलमा छुट हत्तपत्त नरहने हुनाले यस्ता सामग्रीहरुलाई समेत १५ % छुटमा बिक्री गरिने लामिछानेले बताए । संचालक लामिछानेले यस क्षेत्रमा बसोबास गर्ने सबैलाई यो अवसर नगुमाउन समेत आग्रह गरेका छन् । अहिले आर्थिक मन्दी चलि रहेको अवस्थालाई मध्यनजर गर्दै १५ % छुटको आह्वान गरिएको उनले बताए ।

साथै नेपालका कुना काप्चा र नेपालका बिभिन्न क्षेत्रमा निर्मित मौलिक तथा संस्कृति झल्काउने लत्ताकपडा सहित हस्तकलाका सम्पूर्ण सामग्री प्राइम नेपाली बजारमा उपलब्ध रहेका छन् । साथसाथै अब किराना पसलको पनि वृद्धि गरिएकोले दैनिक चाहिने खाधन्य सहित तरकारी सहितमा उक्त सहुलियतको व्यवस्था गरिएको छ ।

नेपालमै बनाईएका नेपाली सामाग्रीहरुको अमेरिकामा प्रवर्द्धन गर्ने र नेपाली सर समानलाई प्रोत्साहन गर्ने हेतुले स्थापना भएको प्राइम होलसेल तथा खुद्रा नेपाली बजार अमेरिकामा चर्चा परिचर्चामा आई रहन्छ भने हजारौ हजार नेपाली समुदायले यसबाट लाभ समेत उठाएका छन् ।

अमेरिकामा नेपाली समुदायले मनाउने अमेरिकी तथा नेपाली चाडपर्व ,उत्सव र समारोह,भेला लगायतमा नेपाली समुदायको लागि विशेष छुटको व्यवस्था गर्दै आएको प्राइमले नेपाली समुदाय प्रति केन्द्रित गर्दै दशैमा यो सहुलियत संचालनमा ल्याएको हो ।

लामिछानेले नेपाली समुदायलाई चाहिने पूजाका सम्पूर्ण सामग्री उपलब्ध समेत गरिएको जनाए । अमेरिकाका ५० वटै राज्यमा बसोबास गर्ने नेपाली समुदायले घर मै बसी बिधुतिय प्रणाली(अनलाईन)बाट सजिलै खरिद गर्न सकिने व्यवस्था समेत गरिएको छ । खुद्रा पसल भएता पनि थोक कै भाउमा खरिद गर्न सकिने र नेपाली समुदायको लागि त्यो व्यवस्था मिलाईएको छ ।

बिगत दुई बर्ष देखि संचालित उक्त चर्चित पसलमा सजावटका सामग्री, सारी,कुर्ता सुरुवाल,बालबालिकाका लुगा,करुवा ,पानस, महिलाहरुका शृंगारका सामग्रीहरु ,खाधन्य सामग्री ,मूर्ति ,मादल,खुकुरी, बुद्ध ,गणेश र शिवओ मुर्ति ,मुकुट ,डमरु ,पित्तलको झर्के थाल ,पित्तल कै कचौरा ,गरगहना ,बिभिन्न जात जातिका पर्वहरुका भेषभुषा, बासुरी, घन्टी लगायत नेपाली समुदायलाई घरको सजावटको लागि चाहिने सामग्री सबै उपलब्ध रहेका छन् ।

नेपालको सामग्रीहरुलाई प्रोत्साहन दिने उद्धेश्यले प्राइम नेपाली बजार स्थापना गरिएकोले सबै नेपाली समुदायके एकै छाना मुनि सबै चिज उपलब्ध गराईएको आफू र आफ्ना साथीभाई इष्ट मित्र र सबैलाई खरिद गर्नु परेमा प्राइम नेपाली बजारलाई सम्झन लामिछानेले आह्वान गरेका छन् । साथै एक पटक मौका दिन समेत लामिछानेले सबैलाई अनुरोध गरेका छन् ।

नेपाल गोर्खा घर भएका व्यवसायी लामिछाने एक सामाजिक अभियन्ता हुन् । उनि बिभिन्न सामाजिक संघ/संस्थामा आबद्ध हुनुको साथै अन्य व्यवसायमा समेत संलग्न रहेका छन् ।

उनि व्यवसाय अभिकर्ता( अर्थात् बिजिनेस ब्रोकर ) पनि हुन । उनि घरखरिद तथा बिक्रि अभिकर्ता (रियलटर) ,डब्लुएफजी वित्तीय संस्थाका प्रमाणित वित्तीय योजनाकार समेत हुन् ।

यहाँहरुलाई कुनै सुपथ मूल्यमा खरिद गर्न तथा बिस्तृत जान्नको लागि मुनिको सम्पर्क संख्या +1 (443) 699-9767 मा सम्पर्क गर्न सक्नु हुनेछ । साथै

साथै सिधै खरिद गर्न यहाँ थिच्नु होला : https://www.primeemarket.com/?fbclid=IwAR1mwlAdRh9Fnzmj43UsWFJ8K7RebL2PFUC141gKcLRE7M9jpDMdZs5IHrk

प्रतिक्रिया