मेरिल्याण्डमा सम्पन्न नेवाः अर्गनाईजेसन अफ अमेरिकाको एघारौ येन्या पुन्ही (इन्द्र जात्रा)भव्यताका साथ सम्पन्न ( फोटो बैंकका उत्कृष्ठ तस्बिर सहित )

इनेप्लिज २०८० असोज २१ गते १२:४४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथमा राखेर सफलतापूर्वक बर्ष २०२३ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको छ । यो बर्ष समेत गरेर पाचौ पटक नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले कुमारी सहितको रथ तानेर नेपाली समुदायलाई नेपाल कै झझल्को गराई दिएको छ । नेपाली समुदाय इन्द्र जात्रा मनाउन र रथ तान्न अमेरिकाका विभिन्न राज्यहरुबाट पनि आएका थिए ।

डिसी महानगर क्षेत्रमा २२ बर्ष अगाडी नेवा समुदाय द्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले एघारौ इन्द्र जात्रा)केही नयाँ प्रस्तुति गर्दै भव्यताको साथ सम्पन्न गर्न सफल भएको छ ।

कार्यक्रममा अतिथिको रुपमा नेपाली दुताबासबाट उत्तम घिमिरे, बिदेशी पाहुना यि शेन,मोन्टगोमेरी काउन्टीका बिधान सभा सदस्य ग्रेग विम्स रहेका थिए । श्रेष्ठले नेवा समुदायले बिदेशमा पनि भाषा ,संस्कृति र कलाको जगेर्ना गर्न नेवा समुदायको ठूलो भूमिका रहेको बताए । र, संस्थाले गरेको कामको प्रशंसा गर्दै धन्यबाद दिएका थिए ।

यसै गरि मेरिल्याण्ड मन्टगोमेरी काउन्टीका नगर परिषद प्रतिनिधिले एनओएले नेपाली समुदायमा खेलेको भूमिका को सराहना गर्दै काउन्टीको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरेका थिए । उक्त सम्मान पत्र अध्यक्ष महिन्द्र प्रधानले लिएका थिए ।

इन्द्र जात्राको बारेमा यज्ञ मान शाक्यले प्रकाश परेका थिए । यस बर्ष कुमारी नृत्यमा लुजला रंजित ,समिधि श्रेष्ठ तथा शुभ श्रेष्ठले प्रस्तुति गरेका थिए । स्वागतम नृत्यको प्रस्तुति वेद कर्मा श्रेष्ठ ,याभी उपाध्याय तथा आदित्य शाक्यले गरेका थिए ।

यस बर्षको नया प्रस्तुतिमा ख्याक नृत्य समेटिएको थियो भने उक्त प्रस्तुति जिम श्रेष्ठ तथा सुमन शाक्यले गरेका थिए । प्रस्तुतिहरु पछि लाखे तथा झ्याल्निचा नृत्य प्रस्तुति गरिएको थियो । झ्याल्निचा नृत्य प्रस्तुति नयाँ प्रस्तुति रहेको थियो भने उक्त नृत्यलाई सुबम बो ,सुबिभ सुवाल,सौभी सुवाल,अविरल महर्जन तथा आदित्य शाक्यले बेजोड प्रस्तुति गरेका थिए ।

कार्यकम पश्च्यात इन्द्र जात्रामा कुमारी रथ,लाखे र पुलुकिसी(सेतो हात्ती )को प्रस्तुति रहेको थियो । यस बर्ष कुमारीको प्रस्तुतिमा जास्मिन कायस्त रहेकी थिइन् । उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरुलाई निशुल्क खुवाईएको थियो ।

प्रतिक्रिया