अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली कांग्रेसका नेता, केन्द्रिय सदस्य एवम् समाजवादी चिन्तक चन्द्र भंडारीसँग अन्तरक्रिया

इनेप्लिज २०८० असोज २१ गते ११:५९ मा प्रकाशित

अमेरिकाको डिसीमा नेपाली कांग्रेसका नेता ,केन्द्रिय सदस्य एवम् समाजवादी चिन्तक चन्द्र भंडारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अमेरिकाको वासिङटन डिसीमा फिनिक्स सोसाइटीले ले आयोजना गरेको बर्न सर्भाभलहरूको यही अक्टोबर ४ देखितारिख सम्म सन्चालन हुने बार्षिक सम्मेलनमा सहभागी भई सम्बोधन गर्न अमेरिका आउनुभएका नेपाली कांग्रेसका नेता, केन्द्रिय सदस्य एवम् समाजवादी चिन्तक आदरणिय चन्द्र भंडारीसँग छोटो समयका लागि वहाको स्वास्थ्य अवस्थालाई ख्याल गरेर जनसंपर्क समिति भार्जीनीया चेप्टरले एउटा छोटो भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

समितिका कार्यबाहक अध्यक्ष यम कुमार सिटौलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता माननीय सामसद डॉ चन्द्र भण्डारीले प्रमुख अतिथिको भूमिकाबाट नेपाल र नेपालीको बिकासको लागी विदेशमा रहेका दक्ष जनशक्तिलाई देश भित्र लगि हामी सब मिली देश बिकास गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

उहाले देश चरम कमीशनखोरको इशारामा चलेको हूँदा असल मान्छेले देशको नेतृत्व गर्ने जिम्मा पाए ५ वर्ष मा मूलुक ले बिकासको गति लीने कुरामा जोड़ दिनु भयो । उहाले ३२/३३ वर्ष मा आगोबाट पीड़ित आम नागरि को उपचार गर्ने एक अस्पताल समेत नभएको कुरा उल्लेख गर्नु भयो ।

कार्यक्रम संचालक मुक्तिनाथ पन्तले राख्नु भएको एक आम नागरिकहरु लाई आगोबाट पीड़ितको उपचार गर्ने अस्पताल निर्माणमा संपूर्ण विदेशमा रहेका नेपालीले सहायोंग दिन सकने भन्ने प्रस्तावमा आफ़ू लागेको कुरा जानकारी गराउनु भो विशेष अतिथि ने का बाग्लुङ्गका पूर्व पार्टी सभापति एबम संविधान सभाका माननीय सामसद प्रकाश पौडेलले सब ज्ञान शिप भएका नेपालीलाई नेपाल आऊँन वातावरण बनाउन लागने कुरा बताउनू भयो ।

डा देशराज सम्योकले स्वागत मन्तव्य दिनु भएको उक्त कार्यक्रममा आफ़नो आफ़नो परिचयात्मक कार्यक्रमबाट सहभागीहरुले आफ़नो धारणा राखेका थिए । कार्यक्रममा डॉ चिंतामणि लामीछाने , डॉ रमेश राज पन्त, डॉ ठाकुर पूड़ासैनीं, डॉ राम हरि सूबेदी,बिश्व बन्धु प्रसाई, कृष्ण पौडेल, अर्जुन सिग्देल, ददी ढूँनगाना,रामशरण हुमागाई,मेदनी अधिकारी , मधु पन्थी, राम मिश्र, बिशाल कार्की, बैकुंठ प्रसाद उपाध्याय,प्रो डॉ शंकरमान राई , डॉ लक्ष्मी पाण्डे र डि सी स्थित नेपाली दूतावासका प्रतिनिधि होमकान्त भण्डारीले आफ़नो परिचय सहित आफ़नो आफ़नो बिज्ञता बारे जानकारी गराउनु भएको थियो ।

मुक्तिनाथ पन्तले संचालन गर्नु भएको उक्त कार्यक्र मा नेता डॉ चंद्र भण्डारी स्वास्थ लाभको कामना गरी सुरुवात गर्नु भएको थियो । लामो अनुभव र उच्च अध्यायन गरेका प्रबुद्ध बर्ग़को उपस्थिति र स्पष्ट भिजन भएका नेतासंग भएको उक्त छलफल अति फलदायी भएको कुरा कार्यक्रम संचालकबाट जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया