शुक्रबार छानिदै ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’

इनेप्लिज २०८० असोज १८ गते १०:५० मा प्रकाशित

काठमाडौंँ । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ शुक्रबार छानिने छन् । हेरिटेज गार्डेन लतिपुरमा आयोजना हुने प्रतियोगीतामा १२ प्रतियोगी उपाधिका लागि भिड्दैछन् ।

आयोजक ग्रिनआर्ट मिडियाले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको तयारी पुरा भएको जनाएको छ । फाइनल प्रतिस्पर्धामा बिभिन्न भिआइपी, सेलिब्रेटी, पुर्व मिस एण्ड मिसेज हेरिटेज, प्रतियोगीका अभिभावक लगायत सर्वसाधारणको पनि सहभागीता रहनेछ । प्रतियोगीता भब्य र सब्य हुने ग्रीन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले बताइन् ।

प्रतियोगी बिभिन्न दर्जन बढी प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिन लागेका हुन् । प्रतियोगीताका विजेता ‘मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’ दुबैले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउने आयोजक ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उदेश्यले आयोजना हँुदै आएको प्रतियोगीता हो ।

सन् २०१६ देखि नियमित नेपालको सहभागीता रहँदै आएको प्रतियोगीतामा गतबर्ष (२०२२)मा परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा प्रतिनिधित्व गरेका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्र्याएका थिए ।

प्रतिक्रिया