भर्जिनियामा गोर्खालीहरुले मनाए बनभोज

इनेप्लिज २०८० असोज १६ गते २३:११ मा प्रकाशित

नेपाल गोर्खा घर भै हाल अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्दै आएका गोर्खाली समुदायले भर्जिनियामा बनभोजको आयोजना गरेका छन् । जाडो सुरु हुनु अगाडी नै यस बर्षलाई बनभोजलाई बिदा दिने उद्धेश्यले अहिले सम्म पनि गर्मि नै रहेकोले भर्जिनियालप ब्राडक पार्क (उद्यान) गत सेप्टेम्बर ३० का दिन शनिबार उत्साहजनक बनभोज मनाएका छन ।

पहिलो पटक आयोजना गरिएको गोर्खालीहरुको बनभोजमा करिव १५० जना जतिको सहभागिता रहेको थियो । हरेक बर्ष बनभोजको आयोजना गरिने समेत योजना रहेको आयोजकले ईनेप्लिजलाई बताए ।

सबैले आ आफ्नो घरबाट सबै नेपाली परिकारका खानेकुराहरु बनाएर ल्याएका थिए । कार्यकमम कार्यक्रममा नाचगान र केही खेलकुदको समेत आयोजना गराईएको थियो ।

बनभोजमा बालबालिका देखि हजुरबुवा तथा हजुरआमा सहित नेपालबाट अमेरिकाको लागि घुम्न आउनु भएका मातापिताहरुको समेत सहभागिता रहेको थियो ।

एक आपसमा चिनजान गर्ने ,मित्रता बीच पुनर्ताजगी गराउने र एक आपसमा सद्भाव र परिवारका सदस्यहरु बीच परिचय गराउने उद्धेश्यले बनभोजको आयोजना गरिएको गोर्खाका गणेश चन्द्र बानीयाले इनेप्लिजलाई बताए ।

प्रतिक्रिया