भर्जिनियाको फेयरफ्याक्स प्रहरीद्वारा व्यापक खोजिएका शृंखलाबद्ध यौन अपराधी निगरानी चित्रग्राहिणी (क्यामेरा)मा कैद भएपछि पक्राउ

इनेप्लिज २०८० असोज १४ गते २२:३८ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा प्रहरीले ब्यापक खोज गर्दै गरेका शृंखलाबद्ध यौन अपराधी निगरानी चित्रग्राहिणी (क्यामेरा)मा कैद भएपछि प्रहरीले पक्राउ गरेको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीले ग्रोभेटन क्षेत्रमा धेरै यौन अपराधहरूका लागि जिम्मेवार रहेको विश्वास गरेको एक व्यक्तिलाई निगरानी चित्रग्राहिणीमा देखिएपछि गत बिहीबार पक्राउ गरिएको छ ।

अधिकारीहरूका अनुसार फेयरफ्याक्सका ३५ वर्षीय फेलिक्स एन्टोनियो मेजियास भिगिललाई टेलिग्राफ सडकको ६६०० घर समूहको उद्यान (पार्क)मा बच्चाहरू नजिकै रहेको अवस्थामा देखेपछि फ्रान्कोनिया प्रहरी जिल्लाका अधिकारीहरूले थप्पड लगाए।

अधिकारीहरूका अनुसार मेजियास भिगिलले भाग्ने प्रयास गरेका थिए । त्यसो गर्दा उनले आफ्नो लुगा खोलेर नजिकैको जंगलमा फ्याँक्न थाले भनि डब्लुटिओपिले जनाएको छ ।

भिगिललाई १५ वर्ष मुनिको किशोरीहरुसंग अशोभनीय संवेदनसिल अङ्ग छुनेमा दुई गणना , सार्वजनिक स्थलमा वास्तविक / नक्कल हस्तमैथुनको चार गणना तथा प्रहरीलाई गलत पहिचान दिने गणनाको लागी गिरफ्तार गरिएको छ ।

प्रहरीका अनुसार भिगिल फेयरफ्याक्स काउन्टीमा जुलाई र सेप्टेम्बरको बीचमा अन्य धेरै घटनाहरूमा पनि जोडिएको हुन् सक्ने बताएका छन् ।

उनले जुन वा जुलाई २०२३ मा टेलिग्राफ सडकमा अश्लील यौन इशाराहरू ;जुलाई २८ बेलुका ४:१५ बजे: भर्जिनिया हिल्स पूल रोड (सडक)मा अशोभनीय स्वतन्त्रता(संवेदनशिल अङ्ग छुने) ;सेप्टेम्बर १९ करिब साँझ ७ बजे: टेलिग्राफ सडकमा अश्लील यौन इशाराहरू ; सेप्टेम्बर २२ बेलुका ४ बजे: टेलिग्राफसडकमा अश्लील यौन इशाराहरू तथा सेप्टेम्बर २२ बेलुका ५:०४ बजे पनि डायना मार्गमा अश्लील यौन इशाराहरू गरेको शंका गरेका छन् ।

प्रतिक्रिया