एनआरएनए भर्जिनियाको पहलमा लक्ष्मी प्रतिष्ठानका संस्थापक/अध्यक्ष बिष्णु गौतमसँग अन्तर्क्रिया

इनेप्लिज २०८० असोज १३ गते २०:४२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद अमेरिकाको भर्जिनिया च्याप्टर(शाखा)को पहलमा अमेरिकाको भ्रमणमा रहनु भएका लक्ष्मी प्रतिष्ठानका संस्थापक/अध्यक्ष बिष्णु गौतमसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

छोटो समयको लागि अमेरिकाको विभिन्न राज्यहरुमा रहेका नेपाली संघ/संस्था ,नेपाली समुदायसँग भेटघाट तथा नयाँ परियोजनाको बारेमा अवगत गराउने मुख्य उद्धेश्य सहित अमेरिका आई पुगेका गौतमसंग डिसी क्षेत्रका नेपाली समुदायले अन्तरक्रिया गरेका छन् ।

कार्यक्रम अगाडी केही दाता तथा सहयोगीहरुले लक्ष्मी प्रतिष्ठानमा जोडिएको प्रसंग ,विभिन्न चरणमा सहयोग गरेको ,आजीवन सदस्य भएको र निरन्तर सहयोग गरेको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लक्ष्मी प्रतिष्ठानको बारेमा अङ्किय दृश्य( भिडियो )प्रस्तुत गरिएको थियो । निकै मार्मिक रहेको उक्त अङ्किय दृश्य हेर्ने क्रममा दर्शकहरु भाबुक भएका थिए ।

स्वयम् प्रतिष्ठानला गौतम समेत भाबुक भएका थिए । किनभने उनले आफ्ना २ होनहार छोराहरु अल्पायुमै गुमाएका थिए ।

एक छोराको सवारी साधन सडक दुर्घटनामा नेपाल र त्यसपछि अर्का मेधावी छोरा अमेरिकामै अध्ययनरत हुँदा नेपाल फर्कने निर्णय गर्दै गर्दा अमेरिकामा सवारी साधन दुर्घटना भै दुवै जनाले ९ महिनाको अन्तरालमा दुवैले ज्यान गुमाएका थिए ।

कार्यक्रममा गौतमले चितवन जिल्लाको अति बिगत दुर्गम स्थान कान्दामा गरेको आफ्ना सफल परियोजना र त्यहाँ रहेका बिधार्थीहरुका प्रगति र उन्नति बारेमा प्रकाश परेका थिए ।

उनले केही भन्दै गर्दा भाबुक बन्न पुगेका थिए । उनले सबैलाई सहयोगको लागि आह्वान गर्नुको साथै प्रचार प्रसार समेत गर्न आग्रह गरे । उनले आर्थिक रुपले सहयोग मात्र हैन अन्य थुप्रै माध्यमबाट प्रतिष्ठानलाई सहयोग गर्न सकिने बताए ।

एनआरएनए भर्जिनिया शाखाले प्रतिबद्धता जाहेर गरे अनुसार सपथ ग्रहण पश्च्यात अत्यन्तै प्रभावकारी कार्य सम्पन्न गरेको छ ।

उक्त समारोहमा च्याप्टर (शाखा )अध्यक्ष बिशाल कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट १००० डलर तथा शाखाको तर्फबाट ५०० डलर आर्थिक सहयोगको घोषणा लगायत बिभिन्न सामाजिक अभियन्ताहरुले सहयोगको घोषणा गरेका थिए ।

कूल करिव ४ हजार डलर आर्थिक सङ्कलन भएको छ । कार्यक्रम संचालन महिला संयोजक लता घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया