२९ सेप्टेम्बर २०२३, लस भेगास, नेभादा, अमेरिका
अमेरिकामा वित्तिय सेवा व्यवसायमा अग्रणी कम्पनी प्रिमियर फिनान्सियल एलायन्सको लस भेगासमा सम्पन्न बार्षिक सम्मेलनमा विभिन्न राज्यका ८ नेपाली उद्यमीहरू एकसाथ पुरस्कृत भएका छन् ।
सेप्टेम्वर २५ मा शुरू भै २८ सम्म चलेको सम्मेलनमा पुरस्कृत हुनेहरूमा अनुभव गिरी, दोवा ढकाल, गगन केसी धामी, कर्ण बोगटी, राम ढुंगेल, मनोज तुलाधर तथा रमिता तुलाधर, गोविन्द गिरी प्रेरणा तथा सुरेश प्रधान रहेका छन् ।
पुरस्कृतहरूलाई प्रिमियर फिनान्सियल एलायन्सका संस्थापक अध्यक्षले अवार्ड प्रदान गरेका थिए ।
सो कम्पनीमा नेतृत्वदायी भूमिकामा पुग्ने पहिलो नेपाली अनुभव गिरी हुन् । उनको नेतृत्वमा नेपालीहरूले गरेको उदाहरणीय प्रगतिबाटअफ्रिकी मूलका मानिसहरू समेत आकर्षित भएका छन् जसमध्य २ महिलाहरू एभलिन ओपान तथा फ्लोरेन्स आंग्विनी समेत सो सम्मेलनमा पुरस्कृत भएका थिए ।
उनको पहलमा १७५ बर्ष पुरानो फर्च्युन १००० कम्पनी नेशनल लाइफ ग्रुपले पहिलोपल्ट नेपाली भाषामा जीवन विमाको जानकारीमूलक पुस्तिका सन् २०२० मा प्रकाशन गरेको थियो । सो पुस्तिकाको अमेरिकाका लागि तत्कालिन नेपाली राजदूत डा. अर्जुन कार्की तथा नेशनल लाईफ ग्रुपकी उपाध्यक्ष जेनिफर वारफिल्डले एक विशेष समारोहका वीच विमोचन गरेका थिए ।
सम्मेलनको पुरस्कार वितरण सत्रपछि नेपालीहरूले अमेरिकामा वित्तिय सेवा व्यवसायमा उल्लेखनीय सेवा पुर्याएकोमा सिइयोले सह्राहना गरेका थिए । करिव ३५०० सहभागी सम्मेलनमा पुरस्कृत हुंदा नेपाल र नेपालीलाई गर्व गर्ने वातावरण भएको महशूस गरिएको छ।
प्रतिक्रिया