हिमानी ट्रष्ट अमेरिकाको बार्षिक साधारण सभा र नेपाल जोड्ने सेतु

​-मोहन निरौला (भर्जिनिया,अमेरिका) २०८० असोज १३ गते १५:१६ मा प्रकाशित

हिमानी ट्रष्ट अमेरिका ले स्थापनाको दोश्रो बर्ष आफ्नो बार्षिकसाधारण सभा अमेरिकाको भर्जिनियामा यहि सेप्टेम्बर ३० मा संस्कृतिक कार्यक्रमको समेत आयोजना गरेर मनाउन लागेको छ। यसको निमित्त आयोजकहरुको तर्फबाट हिमानी ट्रष्ट अमेरिकाको स्थापना को पृष्ठभूमि, हिमानी ट्रष्ट स्थापनाको उद्देश्य र सेप्टेम्बर ३० को कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले हिजो, सेप्टेम्बर २८ मा नेपाली पत्रकारहरुको अन्तराष्ट्रियसंजाल इन्ज्जा को संयोज़ंनमा जुम मार्फत प्रत्यक्ष भेटघाट रजानकारी पनि गराएको थियो।

नेपाल र बिदेशमा बस्ने नेपालीहरु मध्ये हिमानी ट्रष्टको बारेमाप्राय धरै जस्तो जानकार नै हुनुहुन्छ। ईं सं २०१० देखि नेपालमा पुर्व अधिराजकुमारी हिमानी राज्यलक्ष्मी देवी शाहको अगुवाइमा नेपालका विभिन्न दुर्गम स्थानहरुमा बिशेष गरेर पछाडी परेकामहिला तथा बालबालिकाहरु लक्षित परोपकारी कार्यहरु भै रहेकाछन् र धेरै कार्यक्रमहरु नेपाल सरकारको समेत समन्वयमा भएकाछन्। त्यो बाहेक प्राकृतिक तथा दैबी प्रकोप र विपत्तिहरुमा पनिहिमानी ट्रष्ट धेरैको सहारा भएको छ। नेपाली राजनीतिज्ञहरुकोनैतिक धरातल दिनहुँ खस्किरहेको वर्तमान अवस्थामा र राज्यकोपहुँच नपुगेको पिछडिएका महिला तथा बालबालिका तथा बिपत्तिमा हिमानी शाह, हिमानी ट्रष्ट र पुर्व राजपरिवार को यो पहलतानेपाली समाज लाई ठुलो राहत र शिक्षा को रुपमा समेतहेरिएको छ। हिमानी ट्रष्टका गतिविधिहरुलाई यसकोअधिकारिक वेब पेज हिमानी ट्रष्ट डट ओआरजी डट एनपी मापनि हेर्न सकिन्छ।

अब प्रसङ्ग हिमानी ट्रष्ट अमेरिकाको। यो अमेरिकी कानुनबमोजिम अमेरिकामा दर्ता भएको गैर नाफामुलक संस्था र योयहाको राजस्व विभागमा सेवा मुलक सस्थाको रुपमा दर्ता छ रयसले अन्य गरि नाफा मुलक संस्थाहरु सरह अमेरिकीसरकारबाट कर छुटको सुविधा पनि पाएको छ। यसले आफ्नागतिविधिहरु गर्दा अमेरिकी कानुन बमोजिम बनेको यसको बिधानभित्र बसेर र सबैलाई समान व्यवहार हुने गरि गर्नुपर्छ। र यसलाईदेश तथा बिदेशका सेवा मुलक र गैर नाफामुलक संस्थाहरु संगसहकार्य गर्ने छुट हुन्छ र यसै लाई आधार बनाएर हिमानी ट्रष्टअमेरिकाले नेपालीमा हिमानी ट्रष्ट संग सहकार्य गरेको छ । रयसलाई दिएको सहयोगमा दाता ले पनि कर छुट पाउने व्यवस्थाछ। साथै संस्थाले गरेको आम्दानीमा पनि कर छुट हुन्छ र यसलेनियमित लेखा परिक्षण तथा कर फर्छ्यौट गर्नु पर्छ। यसो नगरेमासंस्थाका पदाधिकारीहरु जवाफदेही हुन्छन। हिजो र बिगतमासंथाले गराएको जानकारीमा पनि यसले संकलन गरेकोसहयोगको हिसाबकिताब पारदर्शी राख्ने कुरा उल्लेख गरिएकोथियो।

सहयोगको सदुपयोग को विश्वसनीयता

सामाजिक संस्था, त्यो पनि नाफा रहित संस्थाको आय श्रोतभनेको नै दाता हरुले दिने सहयोग हो। हिमानी ट्रष्ट अमेरिकालेआफ्नो मातृभूमि संगको सम्बन्ध र त्यहाँ बसोबास गर्ने पहुँचनपुगेका, पिछडिएका महिला तथा बालबालिका लक्षितकार्यक्रमलाई प्राथमिकतामा राखेको छ, जुन हामी देश छोडेरबसेकाहरुको पनि छासो र प्राथमिकताको बिषय हो। साथैहिमानी ट्रष्ट अमेरिकाले नेपालमा हिमानी ट्रष्ट जस्तो विश्वसनीयसंस्था संग सहकार्य गर्नु ले पनि दिएको सहयोगकोप्रभावकारिताको ठुलो र भरपर्दो आधार हुन सक्छ।

बिदेशमा बस्ने नेपालीहरु अहिले पनि धेरै भन्दा धेरै नेपाली संघ संस्थाहरु मार्फत सहयोग पठाई रहनु भएको छ र कतिले आफ्नो व्यक्तिगत प्रयासमा पनि नेपालमा सहयोगको हात बढाई रहनु भएको छ, यो सन्दर्भमा हिमानी ट्रष्ट अमेरिका र त्योमार्फत नेपालमा हिमानी ट्रष्ट मा जाने सहयोग, जस्ताको तस्तै रसरोकारवाला अथवा लक्षित समूह अथवा बिशेष गरेर पहुँचनभएका, पिछडिएका महिला तथा बालबालिकाहरु सम्म पुग्नसक्छ।

उद्धार आवासको व्यवस्था

हिमानी ट्रष्ट अमेरिकाले गत बर्ष स्वयम् हिमानी शाह कोअतिथ्यमा संस्थाको समुद्घाटन गरेको थियो। संस्थालाई त्योसमयमा पनि केहि सहयोग प्राप्त भएको थियो। उक्त रकमहिमानी ट्रष्ट अमेरिकाले हिमानी ट्रष्ट संग मिलेर तराई मा बर्सेनिहुने बढी को प्रकोप को समयमा महत्वपुर्ण हुन सक्ने उद्धार घर(शेल्टर होम) जहाँ उद्धार गरेर ल्याइएका परिवारले एकत्रित रुपमाराहत, स्वस्थ सेवा, सफा पिउने पानी जस्ता कुराहरुको समन्वय रसुबिधा दिन सकिने छ। बिगतमा र अझै पनि यसरि बढी बाटप्रभावित परिवारहरु लाई ल्याएर राखिने अस्थाई सिबिर, स्कुल वाअन्य भवनमा समेत पानी को डुबान मा पर्ने गरेको छ। कोहिकसैले एकाध रुपमा पुर्व राज परिवारको सहयोगमा संचालितसामाजिक संस्था लाई राजनीतिक आँखाले पनि हेर्ने गरेकोपाइयो। तर सेवा मा जात, धर्म, पारिवारिक वा राजनीतिकपृष्ठभुमि भन्दा यसबाट भएका महत्वपुर्ण सेवाभाव र सेवा कोकर्मलाई मुल्यांकन गर्नु महत्वपुर्ण हुन्छ। हामी पनि यस्तो पूर्वाग्रहवा दुराभव छ भने त्यो बाट माथि उठेर, आफ्नो क्षमता, प्राथमिकतार तत्परता अनुसार सहयोग गर्न हातेमालो गरौ।

साथै यस्ता सामाजिक संस्थाहरुका गतिबिधिहरु पनि मातृभूमि संगको सम्पर्क वा लगाव लाई नियमित र ताजगी राख्ने साथैत्यहाँ बसोबास गर्ने र खास गरेर सेवा सुविधामा पहुँच नपुगेका, पछाडी परेका, महिला, बालबालिका, प्राकृतिक बिपत्ति जस्तामहत्वपूर्ण क्षेत्रमा सहयोग गर्ने कुराहरु प्राथमिकतामा परुन ।हिमानी ट्रष्ट अमेरिका ले पनि विदेशमा र खास गरेर अमेरिकामाबस्ने नेपालीहरुलाई नेपाल र नेपालीहरु संग जोदिरखने रमत्रिबुमिको दुख सुखमा सहयात्री र सहयोगी बन्ने कुरामा तात्विकर महत्वपुर्ण योगदान देओस। र हामी सबै पनि हिमानी ट्रष्टअमेरिका र यस्ता संस्थाहरु लाई राम्ररी चिनेर र नेपाल संग जोडीइरहन र परेको समयमा सहयोगी बन्न पाइयोस।

प्रतिक्रिया