अमेरिकी राष्ट्रपति जो बाइडेन बिरुद्ध पहिलो महाभियोगको सोधपुछको सुनुवाई सुरु भएको छ ।
तल्लो सदनमा रहेका रिपब्लिकनहरूले बिहीबार आफ्नो पहिलो महाभियोगको सोधपुछ सुनुवाइ सुरु गर्दै राष्ट्रपति जो बाइडेनलाई आफ्नो छोराको विदेशी व्यापारिक कारोबारसॅग सम्बन्ध रहेको र महाभियोगको लागि समर्थन गर्न महिनौंसम्म संघर्ष गरेपछि सार्वजनिक रूपमा आफ्नो मुद्दा बनाउन सुरु गरेका छन ।
पहिलो सोधपुछ सुनुवाइ सुरु गरेता पनि कुनै नयाँ प्रमाण फेला पारेका छैनन भने बयान दिने तीन साक्षीहरू लगायत बाइडेनका छोरा हन्टर बाइडेन आपराधिक अनुसन्धानमा संलग्न छैनन भनि सिएनएनले जनाएको छ।
बिहीबारको सोधपुछ सुनुवाइको प्रारम्भ गरेका रिपब्लिकनहरूले आजसम्म जो बाइडेनले आफ्नो छोराको व्यापार प्रयासबाट कुनै पैसा प्राप्त गरेको देखाउने प्रमाणहरू फेला पारेका छैनन।
उनीहरूले महाभियोग अनुसन्धानले खोजिरहेका कागजातहरू प्राप्त गर्न उत्तम स्थितिमा राख्छ भन्ने तर्क गरेका छन ।
डेमोक्र्याटहरूले यस्को बिरोध गर्दै तर्क दिई रहेका छन । सुनुवाईमा बाइडेनले अमेरिकी जनतालाई लुकाएर राखेको भन्दै आरोप लगाएका छन ।
प्रतिक्रिया