टोरोन्टो, क्यानेडियन नेवाः गुठिले गुठिका युवा सदश्यहरुको लागि “युवा सम्मान” तथा “समेबजि”कार्यक्रम हालै संयुक्त रुपमा सम्पन्न गरेको छ। युवा सम्मान कार्यक्रम बारे बोल्नु हुदै युवा सम्मान समितिका संयोजक एबम कार्यसमिति सदश्य डा. प्रज्वल प्रधानले नेवाः संस्कृति, परम्पराबारे जानकारी गराई यस्को संरक्षणमा युवाहरुको सकृय सहभागिता रहोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो भन्नु भयो। कार्यक्रममा उपस्थित महानुभाबहरुलाई स्वागत ब्यक्त गर्नु हुदै गुठिका कार्यसमिति सदश्य डा. कृष्ण कायष्ठले युवा सहभागिता आजको आबश्यकता हो भन्नु हुन्दै गुठिको कार्यसमितिमा युवाबर्गको प्रतिनिधित्व हुने गरि ब्यबस्था गर्न सकिए राम्रो हुने आफ्नो बिचार ब्यक्त गर्नु भयो।
कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकःजुले युवाहरु भनेको भूत, बर्तमान तथा भबिश्यको प्रतिक हो भन्ने भनाईलाई उदॄत गर्दै युवाहरुको सहभागिताको लागि आबश्यक बाताबरण शृजना गरिदिनु पर्ने बताउनु भयो। युवाहरुसंगको सहकार्य र सहभागिताले संस्थाको छबि उच्च हुने बिचार ब्यक्त गर्नु हुदै संस्कृति, संस्कार तथा परम्परा बिज्ञान आउनु भन्दा पहिले देखिनै अस्तित्वमा रहेको तर हाल सो संस्कार, परम्पराको ब्याख्या गरि स्पष्ट पार्न नसकिएकोले लोप हुने अबस्था आएको बिचार बताउनु भयो।
युवाहरुलाई सम्मान गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले युवाहरुको योगदानलाई कदर गर्दै गुठिद्वारा सम्मान गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो। गुठिमा युवा सहभागिताबारे प्रकाश पार्नु हुदै गुठिका महासचिब बिमल श्रेष्ठले बिगत केहि बर्ष अगाडि देखिनै युवाहरुको सक्रियतामा कार्यक्रममा संचालन गर्दै आएको बताउनु भयो। साथै उहाँले सन २०१७- २०१८मा युवाहरुकै ब्यबस्थापनमा ओन्टारियोको नागरिकता तथा आप्रबास मन्त्रालयको सहयोगमा नवआगन्तुकहरुको लागि
कार्यक्रम संचालन गरिएको स्मरण गर्नु भयो।
कार्यक्रममा नेपाल बाट आउनु भएका पाहुना तथा गत १७ बर्षदेखि नेपालमा “मीस नेवाः” कार्यक्रम संचालन गर्दै आउनु भएकी श्रीमति हेमा मानन्धरले संस्कृति संरक्षण को साथै महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम पनि संचालन गर्न सके अझ राम्रो हुने भन्नु हुन्दै त्यस्तो कार्यक्रममा आफ्नो पनि सहयोग रहने बताउनु भयो। अर्का पाहुना बुद्दिजिबी राजेश श्रेष्ठले संस्कृति संरक्षणमा गुथि द्वारा गर्दै आएका कार्यको सराहना गर्नु हुन्दै यहाँको शीपले मातृभूमिको बिकासमा पनि योगदान गर्न सके झन राम्रो हुने बताउनु भयो।
कार्यक्रममा कार्यक्रम समितिका युवा सदश्य आयुश्ना श्रेष्ठले ” क्यानडामा नेवाः संस्कृतिमा युवा सकृयता को महत्व” बारेमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने अर्का सदश्य कृस्तिना कायष्ठले “नेवाः समुदायको महत्व” बारे आफ्नो भाबना प्रस्तुत गरेका थिए। सो कार्यक्रममा गुथिका युवा सदश्यहरुको योगदान तथा उनिहरुको शैक्षिक उपलब्धिको कदर गर्दै अध्यक्ष प्रकाश प्रधान, उपाध्यक्ष उत्तम माकःजु तथा महा सचिब बिमल श्रेष्ठले प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो।
युवा सम्मानको लगतै पाहुनाहरुलाई यस बर्षको येँ या पुन्हि (ईन्द्र जात्रा)को उपलक्षमा प्रसिद्द सन्तुलित नेवाः मौलिक खाना “समेबजि” द्वारा स्वागत गरिएको थियो भने कार्यक्रमको बिचमा नेवा सस्कृति, भाषा, पर्ब बारे सामुहिक हाजिरि जवाफ कार्यक्रम पनि संचालन गरिएको थियो। सो कार्यक्रममा लाखे नृत्यको तालमा समेबजिको स्वादले सभास्थल काठमाण्डौ उपत्यकाको कार्यक्रममा भागलिएको जस्तो महसुश भएको सहभागिहरु प्रतिकृया दिएका थिए ।
प्रतिक्रिया