वाशिंगटन डिसीमा एक बिद्यालयका बिधार्थी बिद्यालयबाट निस्कने बित्तिकै एक किशोरले गोली चलाउदा मृत्यु

इनेप्लिज २०८० असोज ९ गते २३:३५ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा एक बिद्यालयका बिधार्थी बिद्यालयबाट निस्कने बित्तिकै एक किशोरले गोली चलाउदा मृत्यु भएको दुखद समाचार एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

पीडित बिधार्थी डनबर उच्च बिद्यालय (हाईस्कुल)मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । डनबर उच्च बिद्यालयका एक विद्यार्थी भर्खरै बिद्यालयभाट बाहिर निस्कने बित्तिकै अर्को किशोरले गोली चलाएको प्रहरीले बताए ।

डिसीको उत्तरपश्चिममा मंगलबार दिउँसो बिद्यालयबाट केही टाढा भवन समूहमा गोली हानी हत्या गरिएको थियो ।

बिधार्थीले बिधालय छोडे र उनि न्यू जर्सी एभिन्यू र पी स्ट्रीट नर्थवेस्ट नामक मार्गमा हिडी रहदा बिधार्थीले अर्को समूह सँग कुरा गर्न थाल्यो, प्रहरी प्रमुख पामेला स्मिथले भनिन ।

स्मिथका अनुसार त्यो समूहका एक सदस्यले बन्दुक निकाले र किशोरलाई गोली धेरै पटक गोली हानेको प्रहरीले बताइन । स्वास्थ्यकर्मीले किशोरलाई अस्पताल पुर्याएक थिए । उनको अस्पताल मै मृत्यु भएको छ ।

गोली प्रहारमा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया