राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले पूर्व राष्ट्पति डोनाल्ड ट्रम्पका पूर्व वकिल रुडी जुलियानी बिरुद्ध मुद्धा दायर गरेका छन ।
पूर्व वकिललाई मंगलबार मुद्दा दायर गर्दै उनीहरूले आफ्नो ल्यापट( काखे सुसाख्य यन्त्र)का तथ्याक अनधिकृत रुपमा प्रवेश (ह्याक ) र हेरफेर गराएको भन्दै मुद्धा दायर गरेका हुन ।
जुलियानी र वकील रोबर्ट कोस्टेलोले बारम्बार हार्ड ड्राइभ( तॅथ्याक भण्डारण यन्त्रको) मा पहुँच गरेको स्वीकार गरेका छन भनि सिविएसले समाचारमा उल्लेख गरेको छ ।
मुद्दामा उनीहरूले ज्यादै समय तथ्याक खोज्ने, अनधिकृत गर्ने, हेरफेर गर्ने, प्रतिलिपि गर्ने, प्रसारित गर्ने जस्ता बिषयमा खर्च गरेको भन्दै उनि बिरुद्ध आरोप लगाइएको छ ।
गत मे महिनामा हन्टर बाइडेनले सुसाख्य यन्त्र(कम्प्युटर )मर्मत पसलका मालिक जोन पॉल म्याक आइज्याकलाई पनि मुद्दा हालेका थिए, जसले गलत कामलाई अस्वीकार गरेका छन् ।
प्रतिक्रिया