कस्को के लाग्छ ?

शीतल गिरी २०८० असोज ८ गते १:३४ मा प्रकाशित

मैले सिक्काको बारेमा
शान्त भएर सोचे
धेरै कुरा सोचे

साँपको षडयन्त्रले हुनुपर्छ
अर्को पाटो बारे
थाहा पाएकै रहेनछु

काण हानेर बुढी बजुलाई खसाल्यो
“पृथ्वीमा जन्म होइन अवतार लिएको हुँ
रक्ष संस्कृति रोक्न आएको हुँ” भन्दै

हरियाली थियो
कोशीको प्रत्येक भंगालो स्वच्छ

फल टिप्दै रमाउँदै
आफ्नो भूमीमा वीचरण गर्दै गरेकी

ताडकालाई तिर हानेर मार्दा
नराम्ररी दुख्यो मेरो मन

पत्नी हरणको पीडामा रन्थनिएर जंगलमा घुम्दै थियो

पत्नी हरण भएको अर्को मित्र फेला प¥यो
दुबै मित साइनोमा गासीए
एक अर्काको दुःख सुखमा साथ दिने कसम खाए

आश्चर्यको कुरो
धुँवाले आँखामा असर पुगाएको थियो कि
शायद
कायर भएर हो ?

रुखको आडमा छेलीएर घिनलाग्दो बाण प्रहार ग¥यो
मारी छाड्यो बालीलाई धर्मका सम्पूर्ण बाटो रोकेर
जसले उसको कर्कला बारी फाडेको थिएन

एउटा संस्कृति फैलिन
अर्को खुम्चीनु पर्छ

यक्ष संस्कृति लखेटेर
रक्ष संस्कृति
फैलिदै थियो चारैतिर
बन जंगलमा बस्ने मानव
समर्थन गर्दै थिए रक्ष संस्कृति

घाटी न्याकेर युद्ध नियमको
प्रहार ग¥यो पेटमा काण
पृथ्वीको एक वीर योद्धालाई

धर्म आचरण विपरीत रावण मारीदा रन्थनीन पुगे म

नारी माथी अत्याचार
गर्नु अपराध हो
धर्म लत्याएर गर्न हुन्न अत्याचार
दण्ड पनि दिन मिल्दैन
दोष प्रमाणीत नभएसम्म
आफ्नै जीवन संगीनीलाई
कुनै कुराको केही जानकारी नै नगराई
घरबाट निकाली जंगलमा धपाउनु

दोजीया भएको थाहा पाउँदा पाउँदै
नारी माथी अत्याचार
मर्यादा पुरुषोतमको

यती कठोर पनि बन्न सक्छ कोही

सामर्थवान राजा न हो
मर्यादा नाघ्यो त कस्को के लाग्छ ?

रुदै थिए माछा पोखरीमा

आफ्नै आँखाले अत्याचार देख्दा
तपस्वी शम्बुकको शीर काटीदा

साधना, तपस्या गर्न मानवले मात्र सक्छ
र त निर्भय साथ धैर्यता पूर्वक तपस्या गर्छ

भन्दैन धर्म अछुतले गर्न हुन्न तप

सिक्काको अर्को पाटो यस्तो छ

सामर्थवान राजा हो
मर्यादा सीकाउन आएको पुरुष हो
जे गरे पनि कसले रोक्न सक्छ
त्यसै हुदा ग¥यो
राम कथा पढदै गर्दा
राम कथा मैले यसरी बुझे
कस्को के लाग्छ ?

प्रतिक्रिया