सृष्टिको दृष्टि

इनेप्लिज २०८० असोज ७ गते १०:०० मा प्रकाशित

खगेन्द्र प्रसाद आचार्य

मलाइ प्यारो लाग्छ मेरो धर्म,
तिमीलाइ प्यारो होला तिम्रो धर्म,
तिमी हिन्दु म मुस्लिम धर्मका,
कुरा काटदिन म कुनै धर्म को ।

ठिक लाग्छ जुन धर्म जसलाइ ,
दिल खोलेर मान्न पाउछ उसले,
रिस राग बिरोध गर्नु हुदैन कसैले,
प्यारो हुन्छ आफ्नो धर्म सबैलाइ ।

फरक फरक धर्म मान्ने हामी ,
आज भेट भयो यो चौतारीमा,
कुरा भए छेड हानी हानी ,
कोहि पर सरेन जानी नजानी ,

मेरा रहरमा तिम्रा रहर मिसाउदा,
नया बनेका छन सबै रहर आज,
केही तिम्रो जस्तो केही मेरो जस्तो,
साचै भनौ म दिल खोलेर सुहानी !
न मेरो जस्तो न तिम्रो जस्तो,
बिलकुल नया रहर लाग्छ मलाइ।

सगै उभिएका छन दुई हिमाल,
धर्म स्वतन्त्रका ठुला शालिक ,
एउटै हावाको झोकामा फरफर गर्दैछन,
सबै धर्मका झन्डा हेर आज सुहानी !

समाजलाइ एकताको डोरिले बाध्ने,
हावामा झुमेका ती झन्डाहरु हेर,
ती झन्डाले अकित गर्दैछन ,
ती झन्डाले बिकुल फुक्दैछन,
एकताको मसाल उचालेर सुहानि!

केही तिम्रो जस्तो केही मेरो जस्तो,
साचै भनौ त म आज अरमान,
न मेरो जस्तो न तिम्रो जस्तो,
सबै मिलेर बनेको हाम्रो जस्तो ।

हिजो राती सपनीमा आयौ तिमी,
एकताको बल्दो मसाल बोकेर सुहानी!
उठायौ फेरि ती सबै झन्डाहरु,
छेकेन समाजले हामीलाई अहिलेपनी,

ए धर्मको नाममा आतंक मचाउने,
ए धर्मको नाममा मृत्यु बोलाउने ,
ब्रह्मा अल्ला मुस्काउदै छन हेर,
फरक धर्मका एक भएको देखेर,
आफ्नो सृष्टिको दृस्ठि बदलिएको सोचेर।

खगेन्द्र प्रसाद आचार्य
दुर्गा नगर बिकास समाज
काठमाडौ

प्रतिक्रिया