अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा एनआरएनए भर्जिनियाको समितिको सपथ ग्रहण सफलतापूर्वक सम्पन्न, प्रमुख अतिथि डा बन्जाडे

इनेप्लिज २०८० असोज ७ गते २:१९ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए )को भर्जिनिया च्याप्टर(शाखा)को नयाँ कार्यकारी समितिको सपथ ग्रहण समारोह नव निर्वाचित अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे(विद्या वारिधि ) रहेका थिए भने उनले अध्यक्ष कार्की लगायत नव निर्वाचित समिति सदस्यहरुको सपथ ग्रहण गराए ।

नव निर्वाचित समितिमा महिला सहित अधिकांश युवाहरु समुदायलाई केही दिऔ र केही गरौ भन्ने इच्छा भएका नयाँ अनुहारका पदाधिकारीहरु निर्वाचित भएका छन् ।

सेप्टेम्बर २३ शनिबारका दिन भर्जिनिया राज्यको स्यानटिली शहर स्थित एक सभाकक्षमा २०२१-२०२३ को निवर्तमान कार्यसमिति बिदाई गरिनुको साथै २०२३-२०२५ को नयाँ कार्यसमिति सदस्यहरुले छोटो परिचय दिनुको साथै केही आफ्ना कुराहरु राखेका थिए ।

समारोहमा बिभिन्न संघ/संस्थाका प्रतिनिधि/अध्यक्ष/सामाजिक अभियन्ता लगायतले शुभकामना सहित सुझाव,सल्लाह दिएका थिए ।

यसरी सपथ ग्रहण कार्यक्रममा सल्लाह ,सुझाव ,एनआरएनएले गर्नु पर्ने कुराहरु ,एनआरएनएको भूमिका साथै संस्था गुटमा विभाजित भएको सन्दर्भ ,आफ्ना चित्त नबुझेका कुराहरु प्रष्ट राख्ने,सहयोग र साथ दिने प्रतिबद्धता गर्नेहरुमा क्रमस एएनएका अध्यक्ष खगेन्द्र अधिकारी,एनआरएनए भर्जिनियाका लागि अध्यक्षका प्रत्यासी तथा उप बिजेता विजय बगाले ,एनआरएनए कै अभियन्ता केशव बराल ,परशुराम भण्डारी ,एनआरएनए अमेरिकाको महिला संयोजक सुनिता नेपाल खत्री ,प्रेम प्र पौडेल ,डा देश राज संयोग,एनआरएनए भर्जिनियाका निवर्तमान अध्यक्ष सुबोध रेग्मी ,चन्द्र लामा ,एनआरएनए अमेरिकाका सचिव तथा नव निर्वाचित युवा उपाध्यक्ष अनुप खनाल लगायत रहेका थिए ।

उक्त समारोहमा डा. बन्जाडेले आफ्नो परिचय दिदै भर्जिनियाको समितिमा सक्रिय युवा र महिलाहरुको सक्रिय सहभागिता देख्दा गर्व लागेको बताए ।

उनले शाखा मार्फत राष्ट्रिय समितिले काम गर्ने र आफूले चुनाव हारेको स्मरण गराउदै चुनाव हारेमा सबैकुरा नगुमाईने किनभने गैर आवसीय नेपाली संघ स्वयम् सेवक संस्था भएको बताए ।

उनले पूर्व वक्ताहरुले डेलिगेट(प्रतिनिधि)को प्रश्न उठाएकोले एनआरएनए अन्तर्राष्ट्रिय कै डेलिगेट (प्रतिनिधि छनौट )पद्धति नै गलत भएकोले त्यसलाई हटाउने कुरामा जोड दिए ।

उनले करिव हजार सदस्य भएको अमेरिकाका केवल २२० डेलिगेट(प्रतिनिधि )हरु रहेको तर्क गरे । उनले अगाडी भने सबै सदस्यहरुले मतदान गर्न पाउने कुरामा आफ्नो जोड रहेको बताए । यो गरे पछि मात्र आफु सन्तुष्टि हुने भने ।

अर्को साल २०२४ मा बिधान संसोधनमा सबैको चासो हुनु पर्ने औलाउदै आफ्नो ध्यान त्यता रहने सबैलाई बिश्वस्त गराए । उनले मन्तब्यकै क्रममा हामी नागरिकताको निरन्तरता छौ । अहिले आएको गैर आवासीय नियमावलीमा केही अप्ठ्यारो रहेको उनले ध्यानाकर्षण गराए । गाउ पालिका तथा बिदेशी दुतवासमा सम्पर्क गरिने जस्ता कुराहरु त्यस रहेकोले त्यस्ता कुराहरु काइते कुरा हुन् ,उनले भने ।

उनले एनआरएनए शाखाहरुले संघ/संस्थाहरु संग हातेमालो गरेर अगाडी बढ्ने सुझाव दिनुको साथै संघ/संस्थाले गर्ने काम भन्दा पृथक काम गर्ने र त्यस्तै प्रकारका काम गर्न अग्रसर नहुने बताए ।

अन्य संघ/संस्था जस्तै काम नगर्ने , उनीहरुलाई बरु सहयोग गर्ने र समन्वय गर्ने र सहयोगीको भूमिका गर्न आह्वान गरे । यसै गरि अध्यक्षता गरेका नव निर्वाचित अध्यक्ष बिशाल कार्कीले समुदायको ठूलो सहयोग चाहिने बताए । उनले केही गर्न खोज्नेलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुको साथै २ बर्षको कार्यकालमा राम्रो काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले निवर्तमान अध्यक्ष सुबोध रेग्मीले एक्लै काम गरेको प्रसंग उठाउदै प्रशंसा गरे । अध्यक्ष कार्कीले राम्रो काम गर्न सकिएन भने च्याप्टरको औचित्य नरहने र हाम्रा सन्तति र पिढीहरुको लागि थुप्रै काम गर्नु परेकोले हामीलाई तपाईहरुको सहयोग चाहिएको बताए । उनले नेपाली अमेरिकन सामुदायिक केन्द्रको सन्दर्भ उठेकोले त्यसलाई सम्बोधन गरे (न्याक)हामी सबैको सांझा भएकोले हाम्रो साथ र सहयोग रहने प्रतिबद्धता गरे ।

अन्त्यमा उनले समारोहको समापन गर्नुको साथै सबैलाई धन्यवाद दिए । साथै यस क्षेत्रका संघ/संस्थाहरुसंग हातेमालो गर्ने वाचा गरे ।

प्रतिक्रिया