कोशी प्रदेश मोबाईल ब्लड बैंकलाई एनआरएनए नाइजेरियाको सहयोग

इनेप्लिज २०८० असोज ६ गते १२:५१ मा प्रकाशित

लेगोस , नाइजेरिया ।गैरआवासिय नेपाली संघको चौथो मोबाइल ब्लड बस परियोजना अन्तर्गत कोशी प्रदेशका लागि खरिद गर्न लागिएको मोबाइल ब्लड बैंक बसलाई एनआरएनएन नाइजेरियाले रु एक लाख सहयोग पठाएको छ ।

उक्त बस पुर्वान्चलका सबै जिल्लामा सेवा पुर्याउने गरि नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान आधार बनाई संचालन गर्नेछ ।

यस अघि एनआरएनएले चितवनको भरतपुर र सुदुर पश्चिम प्रदेशको धनगढीमा मोबाईल ब्लड बैंक बस स्थानिय रेडक्रसलाई हस्तान्तरण गरि संचालन भइरहेका छन ।

हाल कोशीको धरान , मधेशको जनकपुर र लुम्बिनीको बुटवलमा ब्लड बैंक बस उपलब्ध गराउन एनआरएनएले अभियान चलाई रहेको छ ।

प्रतिक्रिया