ए.एन.ए. अध्यक्ष खगेन्द्र अधिकारी द्वारा आज जारी गरिएको प्रेश विज्ञप्ति

इनेप्लिज २०८० असोज ६ गते १:४६ मा प्रकाशित

वासिंटन, डि.सी. ANA का वर्तमान अध्यक्ष खगेन्द्र अधिकारी बाट नवआगंतुक एवं नवनिर्वाचित ए.एन.ए. का सम्पूर्ण उत्तर अमेरिकी मुलुक बाट संस्थाको विभिन्न औदामा निर्वाचित पदाधिकारीहरुलाई बधाई व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको छ।यसै सिलसिलामा अध्यक्ष अधिकारीले सम्पूर्ण उत्तर अमेरिका बासी नेपाली समुदायहरुलाई मर्मस्पर्शी सामाजिक सेवाको उपलब्धिमुलक परिणाम प्राप्त गर्न सबैले एकजुट भएर नितान्त सहयोगी भावना बाट प्रेरित हुँदै आपसी सहमति बाट सार्वजनिक रुपमा साझा मान्यता राखेर बिना पूर्वाग्रह अत्यंत निरंतर एवं पवित्र त्यागको सोचमा अगाड़ी बढेर निस्चित, निष्पक्ष र पारदर्शिता सहितको सहकार्य गरेर मात्र सफल बन्न सकिने भएकाले ए.एन.ए. मार्फ़त हामीहरु सबै एक-आपसी रुपमा समझदार बनेर एकत्रित रहन अनुरोध गर्दछौं भन्नेमा जोड दिदैं, हाम्रो प्रवासी नेपाली समाज कुनै न कुनै रुपमा बिभाजित समाजको रुपमा अलमलिएको यस घड़ीलाई एकताको अवसरमा अवतरण गर्नको लागि साँच्चिकैको र पवित्र समाजसेवी भावनाको वास्तविक स्वयंसेवक बन्न आग्रह गर्नु भएको छ।उपरोक्त बिचारहरु संस्थागत रुपमा अध्यक्ष अधिकारीले आज एक प्रेश विज्ञप्ति मार्फ़त सार्वजनिक र सामुदायिक समाचारलाई संप्रेषित गर्दै नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्ने सन्दर्भमा बताउनु भएको हो।

ईनेप्लिज परिवार उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको प्रथम र बृहत अनि गौरवशाली र शक्तिशाली ऐतिहासिक राष्ट्रिय संस्था ए.ए.ए. मा हालै मात्र आबद्ध हुनु भएका सम्पूर्ण नवआगंतुक र नवनिर्वाचित पदाधिकारीहरुलाई न्यानो अभिवादन प्रकटीकरण गर्दै सफल एवं पूर्ण कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

अध्यक्ष अधिकारी बाट ईनेप्लिजलाई प्राप्त छापा विज्ञप्तिलाई जस्ताको तस्तै संप्रेषित गरेका छौं।

यो जो जस संग सम्बंधित छ।

नवआगंतुक सबै पदाधिकारीहरुमा हार्दिक बधाई एवं शुभकामना।

Association of Nepalis in the Americas (ANA) को २०२३-२०२६ अर्थात् आगामी ३ बर्षे कार्यकालको लागि ए.एन.ए. को अध्यक्ष पदमा श्री खगेन्द्र अधिकारी एवं अन्य बिभिन्न व्यक्तित्वहरु बिभिन्न पदमा निर्वाचित भै सकेको सार्वजनिक समाचार यो भन्दा पहिला पनि संप्रेषित भए पश्चात हालै मात्र अध्यक्ष अधिकारीको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको नियमित तथा पूर्ण बैठकको सर्वसम्मत निर्णय बाट ए.एन.ए. Bylaws बमोजिमको निर्देशित बिधि अनुसार आफ्नो उर्जनसिल जीवनमा बिभिन्न महत्वपूर्ण बिषयहरुमा विज्ञता हाँसिल गर्नु भएका ख्याति प्राप्त उपाधि आर्जित, विद्वत् संग-संगै योग्य, क्षमतावान, विद्यमान समुदायका होनहार साथ-साथै हाम्रो समाजका प्रतिष्ठित अनि मर्मस्पर्शी सामाजिक सेवाको निःस्वार्थ भावनामा निरन्तर लागिपरेर आफ्नो सार्वजनिक जीवनमा समाजको सामु ऐना यानेकी दर्पण छायाँ झै मानिसहरुलाई अनुभूति हुँने गरी योगदान पुर्याई यस महत्वपूर्ण सोचमा सुलभ तवर बाट सफलता प्राप्त गर्न उदाहरण बन्नु भएका निम्नलिखित तपसिलमा उल्लेखित बरिष्ट समाजसेवी व्यक्तित्वहरु ए.एन.ए. कार्यसमितिको हालै सम्पन नियमित र पूर्ण बैठकमा उपस्थित बहुत प्राप्त पदाधिकारीहरूको सर्वसम्मत, प्रजातांत्रिक, लोकतांत्रिक, र बिधिवत निर्णयको निर्विरोध नतीजा बाट सर्वसम्मतिमा निर्वाचित (मनोनित) हुनु भएको र अध्यक्ष अधिकारीको अध्यक्षमा सम्पन्न उक्त संस्थागत र सम्मानित कार्यसमितिको महत्वपूर्ण एवं प्रजातांत्रिक आन्तरिक निर्वाचन व्यवस्था अनुसार सम्पन बैठकको सर्वसम्मत पदस्थापनको निर्णय पश्चात यस संस्थाको २०२३- २०२६ अर्थात् तिन बर्षे कार्यकालको आंशिक बाहेक सबै पदपूर्तिको कार्य पुरा भएको छ।

गत जुन महिनामा सम्पन्न ए.एन.ए. को नियमित निर्वाचन प्रक्रिया बाट निर्वाचित पदाधिकारीहरु साथै यस कार्यसमिति बाट सम्पन्न आन्तरिक मनोनयनको निर्वाचन बिधिवतको प्रक्रिया बाट व्यवस्थित भएका पदाधिकारीहरु समेत वर्तमान ए.एन.ए. को संस्थागत ढाँचामा व्यवस्थामा भए अनुसार निम्नानुसाका संरक्षक समिति (BOT) कार्यसमिति (EC) र सल्लाहाकार समिति (BOA)गरी तिनै तहको समितिहरुले पूर्णता प्राप्त गरेको जानकारी संप्रेषित गरिएको छ।

सबै तह र तप्काका आदरणीय र मान्यवर सम्पूर्ण नवआगंतुक पदाधिकारिहरुमा समग्र ए.एन. ए. परिवार यस स्थापित र गौरवशाली इतिहास बोकोको उत्तर अमेरिकी (अमेरिकाज़) क्षेत्रका नेपालीहरूको प्रथम र ठूलो राष्ट्रिय संस्था ए.एन.ए.मा हार्दिक स्वागत गर्दै बधाई प्रदान साथै सफल र पूर्ण कार्यकालको शुभकामना दिन चाहान्छौं। संस्थाका वर्तमान संरक्षक एवं निवर्तमान अध्यक्ष श्री बिजय राज भट्टराई नेतृत्वको पूर्व कार्य समितिले संस्थाको हितमा सम्पन्न गरेका र गर्न आवश्यक ठाँनेका तर गर्न बाँकि रहेका सबै योजनाहरुलाई यस नयाँ उर्जावान कार्यसमितिले आफ्नो कार्यकालमा थप नयाँ जोस र जाँगरका साथ संस्थाको हित र सम्पूर्ण उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने Nepali Diaspora र समग्रतामा सबै समुदायहरुको हितको लागि उपलब्धिमुलक एवं नितान्त रुपमा मानिसहरुलाई मनै बाट महसूस हुने गरी कार्य प्रारंभ गर्न अगाड़ी बढ्ने दृष्टिकोणमा दृढ़ता राखेर उत्तर अमेरिका स्थित अन्य सबै समुदाय संग साथै मातृभूमि नेपालको सर्वांगीण र उच्च पहिचानलाई बिश्व सामु स्थापित गर्न कटिबद्ध हुने पहलकदमी गर्नेछौं भन्ने बिस्वास प्रकटीकरण गरिएको छ।निर्विवाद रुपमा सम्पूर्ण उत्तर अमेरिकी नेपाली संघ- संस्थाहरु संग उचित र साझा समझदारीलाई हृदयमा बोध गरेर समाजसेवी भावना र समाजका लागि बिबादित र बिक्रीत हुँने सम्पूर्ण पक्षहरुलाई सदाको लागि नितान्त रुपमा उन्मूलन गर्न अल्पकालिन र दीर्घकालीन सोचमा सहकार्य गर्दै यस सम्मानित एवं ऐतिहासिक ज़िम्मेदारी बहन गरेको स्वदेशी एवं प्रवासी अर्थात् साथ-साथमा सबै गैर आवासीय नेपालीहरुको प्रतिष्ठित र प्यारो संस्था ए.एन.ए. ले सम्पूर्ण सार्वभौम नेपालीहरुको गौरवशाली र परंपरागत नेपाली पहिचानलाई बचाउनका अतिरिक्त नेपालका अलावा बिदेशी भूमिमा रहेका अन्य महत्त्वपूर्ण समूदाय संग घुलमेल हुँदै बिभिन्न सामुदायिक वार्षिक र आवश्यक अन्य आंशिक कार्यहरु सम्पन्न गर्ने लक्ष्यलाई प्राथमिकतामा राखेर सधैं नै निरंतर बन्ने अवधारणाहरुलाई मनन् गरिएको प्रसंगलाई महत्व प्रदान गरिएको बिषयलाई समेत समेटेर सार्वजनिक सूचना यानेकी यो बिज्ञप्ती सम्प्रेषण गरिएको अनुरोध गर्दछु।

वर्तमान कार्यसमितिका पदाधिकारीहरु संरक्षक समितिका पदाधिकारीहरु, सल्लाहाकार समितिका पदाधिकारीहरु, मान्यवर आजीवन सदस्य, उच्च- सम्मानित सदस्य, साधारण सदस्य साथ-साथमा समाजका सम्पूर्ण समाजसेवी र अन्य सबै तह र तप्काका आदरणीय शुभचिंतकहरुको सहयोगी भावना र योगदान बिना कुनै पनि महत्त्वपूर्ण कार्यहरु पूर्ण गर्न सम्भव नहुने भएकाले सबैको साझा सहयोगमा ध्यानाकर्षण हुनेछ भनेर सबैलाई यस महान, ज़िम्मेदार गौरवशाली संस्था मार्फ़त सहयोगी रुपमा मध्यस्त भएर सहकार्य गर्नलाई सम्माजनक अवसर प्रदान गर्न चाहान्छौं।

बिदेशी भूमिमा आज भन्दा ४० बर्ष अगाड़ी अर्थात् सन् १९८३ मा अमेरिकाज़ नेपाली ऐक्यवद्दताको सन्दर्भ र सम्पूर्ण Nepali Diaspora को दुरगामी हित र मर्मस्पर्शी सामाजिक सेवाको लागि उपलब्धिमुलक हुने सोचमा ए.एन.ए. वासिंटन, डि. सी. मा स्थापना भएको र यस क्रममा सम्पादित समितिहरुमा यस पटक इतिहासमै क्यानडा क्षेत्र बाट अत्योधिक ४०% सहभागिता सहित अर्थात् संतुलन, यथोचित र सम्मानार्थ अनि सहयोगी मन भएका विद्वान एवं युवा जनशक्तिहरु बिधिवत रुपमा सदस्य बन्दै सहयोगी बन्दै यस महत्वपूर्ण संस्थाका बिभिन्न सम्मानित औदाहरुमा पारिवारिक र वातानुकूलित अवधारणालाई सम्मान र मनन् गर्दै हामी बिच आबद्ध हुनु भएकोमा हामी समग्र ए.एन.ए. परिवारका सबैलाई धेरै नै खुसि लागेको छ।

उपरोक्त सिलसिलेवार परिवेश मै क्यानडा जस्तै, यसपालीको निर्वाचन प्रक्रिया मार्फ़त संस्थाका समग्र पद र औदाहरुको लोकतांत्रिक व्यवस्थापनमा संयुक्त राज्य अमेरिका बाट पनि सम्मान जनक रुपमा विद्वान व्यक्तित्वहरु, युवा बर्ग, महिला, अनि अन्य समावेशी सिद्धांत अनुसार ए.एन.ए. कार्यसमिति, सल्लाहाकार समिति र संरक्षक समितिको निर्माण कार्य पूर्ण भै समग्र रुपमा समावेशी र प्रतिष्ठित प्रतिनिधित्व भएकोमा हामी सबैले संस्थानगत, नीजी र व्यक्तिगत कुनै पनि प्रकारको सन्दर्भमा गौरव मान्नु पर्ने परिवेश बनेको र साथ -साथै सकारात्मक मन र सोचमा आधारित भएर सहयोगी बन्दै समाजसेवी मनहरु बन्न तमतयार समाजसेवीहरुलाई ए.एन.ए. मार्फ़त ठूलो अवसर मिलेको अनुभूति गरिएको छ।

आगामी दिनमा हामीहरु अर्थात् सबै उत्तर अमेरिकी नेपालीहरु अन्य देशमा बसोबास गर्नु हुनेहरूको लागि र अन्य समुदायको लागि पनि एक असल, ईमानदार र परिश्रमी बन्ने सकारात्मक दृष्टिकोण सहितको सोचमा प्रतिबद्ध हुन आवश्यक मात्र नभएर जरूरी नै छ भन्नेमा बिस्वास लागेको छ।

एवं रितले, नकारात्मक रुपमा फुटेर, छरपष्ट भएर होईन सबै बिदेशी र स्वदेशी नेपालीहरूको हितका र मातृभूमि र कर्मभूमि दुबैको अवैतनिक राजदूत भएर सहयोगको लागि अगाड़ी बढ़ी बाँकी रहेका, थाती रहेका र नयाँ कार्यक्रम सहित सहि कामलाई सार्थकता दिनको लागि यस नव निर्वाचित कार्यसमितिलाई सधैं झैं सबै बाट आवश्यक पर्ने कुनै पनि क्षेत्रमा सहयोगी, उर्जावान, प्रेरणादायी र सकारात्मक मनको धनि बन्ने भूमिका निर्वाह गरेर सहयात्री हुने कार्य निरंतर भै नै रहनेछ भन्ने विश्वास लिएका छौं।

धन्यवाद!

लोकतांत्रिक बिधिबाट मनोनित (निर्वाचित) हुनुहुने नवआगंतुक अर्थात् नव निर्वाचित पदाधिकारीहरू एवं यथावत रुपमा व्यवस्थित रहेको पूर्ण पदाधिकारीको यथार्थ बिबरणहरु निम्नानुसार संप्रेषित गरिएको छ।

बिबरण:

  • President:
    Mr. Khagendra Adhikari, DC
  • Senior Vice President
    Mr. Bijaya Shrestha, MD
  • Vice – Presidents:

Mr.Santosh Raj Dahal,
(Canada)

Engr. Deepak Paudyal, (Eastern region USA)

Mr. Binod Tripathi, (Central region USA)

Ms. Kranti Aryal Bhandari, (Western region USA)

  • General Secretary
    CPA Laxman Pradhan, MD
  • Treasurer
    Dr. Bishnu Ghimire, MD
  • Joint Secretary
    Mr. Kamal Bhattarai, Canada
  • Deputy Treasurer
    Mr. Rishi Ojha, Canada
  • Communication Director
    Dr. Tika Lamsal, CA
  • Women Coordinator
    Dr. Vishnu Maya Upadhyay, TX
  • Youth Coordinator
    Engr. Shyam Sedai, TX
  • Executive Committee
    (Board of Directors)

Ms. Pratima Chhetri, Canada
Ms. Nirmala Panthi Dahal, Canada
Mr. Anil Rai, Canada
Mr. Bhanu Siwakoti, Canada
Mr. Netra Amagain, Canada
Mr. Dipak Bhatta, Canada
Mr. Yubraj Bishwakarma, TX
Mr. Subhash Kumar Baitha, PA
Ms. Pushpa Khanal, VA
Ms. Samita Rai, FL
Ms. Parvati Shah Singh, MD
Atty. Laxman Adhikari, CA
Mr. Manish Pokhrel, VA
Mr. Narayan Neupane, FL
Mr. Sushan Manandhar, MD

  • Advisors:

Prof. Dr. Basu Sharma, Canada
Mr. Bhim BK, MD
Mr. Netra Ghising, VA
Prof. Dr. Gopi Uprety, VA

Ms. Prinjiya Dhungel, Canada

Atty. Bandita Sharma Dahal, VA
Dr. Usha Sharma, MA
Ms. Aprajita Mishra Jha, NJ
Ms. Akriti Rai Adhikari, CO
Prof. Dr. Keshav Bhattarai, MO
Dr. Anup Srivastav, GA
Engr. Kul Mani Acharya, MD
Engr. Manohar ashrestha, VA
Dr. Rudra Aryal, NH
Engr. Raju Joshee, MD
Mr. Mukunda Dhungana, CA
Dr. Dinesh Dharel, Canada
Dr. Karun Kishor Karki, Canada
Dr. Govinda Dahal, Canada
Dr. Khem Dahal, Canada
Mr. Chitra Pradhan, Canada
Mr. Teetrtha Raj Adhikari, OH
Mr. Kiran Pokhrel, TX
Mr. Doba Dhakal, VA
Engr. Keshav Raj Gnawali, TX
Mr. Gajendra Adhikari, CA
Mr. Ishwar Sitaula, CA
Mr. Ram Prasad Gyawali, CA

  • Board of Trustees:
    Dr. Shambhu Dhungana, CA – Chair
    Dr. Ambika P. Adhikari, AZ
    Mr. Roger Adhikari, CO
    Dr. Drona Rasali, Canada
    Mr. Bijay Raj Bhattarai, TX
    Dr. Bidya Ranjeet, CT
    Prof. Yogendra Jhonchhe, NY
    Mr. Rajendra Khatiwada, TX
    Mrs. Yamuna Bhattarai, TX

Congratulations to you and wish you all the best for successful tenure. Welcome to the ANA, as a leader in our great organization.
Thnk you very much for joining the ANA. We are moving in the right direction now. Let us work together to make this organization stronger in the future. Thank you for the support.🇳🇵🇺🇸🇨🇦

Sincerely,

Khagendra Adhikari
President
Association of Nepalis in the Americas (ANA)
(703) 625 – 2488
Washington, D.C.
North America
Date: September 22, 2023

प्रतिक्रिया