कविता : सुत जनता अझै सुत – रामप्रसाद खनाल,

इनेप्लिज २०८० असोज ५ गते २१:३१ मा प्रकाशित

सुत जनता हो अझै सुत
घुरेर सुत
सपनामै फुरेर सुत
उज्यालो भएकै छैन !
मस्त सुत, कुम्भकर्ण जस्तै गरी सुत
उल्लु चरा दिउँसै सुते जस्तै गरी सुत
“सामन्ती राजा” फालेकै छौ
हजार छोँटे राजाहरू पालेकै छौ
गणतन्त्र र लोकतन्त्रका नाममा
सुनखानीका भरियाहरू पालेकै छौ
कलकलाउँदा सन्तान रेमिट्यान्सको आसमा
लाखौँमा बेची बेची विदेश तिर फालेकै छौ
अरू सबै बेचिए त के भो
तिमीहरू बेचिन अझै बाँकीनै छौ
त्यसैले म भन्छु, दोहोर्‍याएरै भन्छु
सुत जनता अझै सुत
गुहु र मुत आयो भने
बिस्तारमै हग, अनि मुत
सुत जनता अझै सुत,
उठ्नु पर्दैन घुरी घुरी सुत !
जिउँदो लाश बनेर सुत
मुर्दा बस्तीमा झैं चुपचाप सुत !

  • September 17, 2023

प्रतिक्रिया