तपाईहरु पैसा दिनुहोस्, हामीहरु जीवन दिन्छौं : जेलेन्स्की

इनेप्लिज २०८० असोज ४ गते २३:३१ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १८ महिनाअघि रुसले आफ्नो देशमाथि आक्रमण गरेपछि दोस्रो पटक वाशिङटन डीसीको भ्रमणमा आए ।

युक्रेनी राष्ट्रपतिले पेन्टागन जानु अघि अमेरिकी संसद भवनमा सांसद र सिनेटका सदस्यहरूसँग भेटघाट गरेका छन । उनले आज सम्बोधन गरेनम । तर महत्वपूर्ण कुराहरु राखे ।

उनले सबैसँग बन्द ढोका भित्र भेटे र त्यसपछि राष्ट्रपति जो बाइडेनसँग भेट्न ह्वाइट हाउस पुगे । तर जेलेन्स्कीले गत डिसेम्बरमा गरेको भन्दा अलि फरक वातावरणको सामना गर्नु परेको छ ।

किनभने युक्रेनलाई ठूलो रकम प्रदान गर्ने बारे तल्लो सदन र माथिल्लो सदन सिनेटमा केहीले फरक मत राखेकोले केही समय सहयोग बिलम्ब भएको छ ।अहिले तल्लो सदनमा रिपव्लिकन सदनलाई नियन्त्रण गरि रहेका छन । तर पनि रिपव्लिकनका सभामुख र अन्यहरु युक्रेनप्रति सकारात्मक रहे ।

जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको बीचमा अमेरिकाले युक्रेनका लागि नयाँ सहायता संपुष्टि (प्याकेज )घोषणा गर्‍यो। मन्त्रिपरिषद्का सदस्यहरूसँगको भेटमा बाइडेनले युक्रेनका लागि आफ्ना साझेदारहरूसँगको अमेरिकी प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

“हामी युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न सक्षम बल निर्माण गर्न प्रतिबद्ध छौं। सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रता विरुद्धको भविष्यका खतराहरूलाई रोक्न अमेरिका त्यसबाट कहिल्यै टाढा जान सक्दैन, कहिले पनि हट्दैन, “बाइडेनले भने। त्यसैले ५७५ दिन पछि हामी युक्रेनको साथमा उभियौं र हामी तपाईको साथमा उभिनेछौ ।

जेलेन्स्कीले बाइडेन र अमेरिकी जनतालाई उनीहरूको समर्थनका लागि धन्यवाद दिए।

जेलेन्स्कीले भेटघाटमा “तपाईहरु पैसा दिनुहोस्, हामीहरु जीवन दिन्छौं,” उनले सिनेटरहरूलाई आफ्नो सन्देशमा भने । अमेरिकी सभामुख केभिन म्याकार्थीले जेलेन्स्कीसँगको बैठक फलदायी भएको बताए ।

प्रतिक्रिया