एनआरएनए अमेरिका भर्जिनिया च्याप्टरको नयाँ कार्यकारी समितिको सपथ ग्रहण समारोहको आयोजना गरिने भएको छ । नव निर्वाचित अध्यक्ष विशाल कार्कीले सामाजिक संजाल मार्फत सबैलाई निमन्त्रणा दिएका छन ।
आगामी सेप्टेम्बर २३ का दिन २०२१-२०२३ को निवर्तमान कार्यसमिति बिदाई साथै २०२३-२०२५ को नयाँ कार्यसमिति स्वागत एवम सपथ ग्रहण कार्यक्रम राखिएकाले उपस्थितिको लागि अध्यक्ष कार्कीले समुदायलाई निमन्त्रणा गरेका छन् ।
उक्त समारोहमा गैर आवाशिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडेको प्रमुख आतिथ्यता हुनेछ । साथै नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
डा. बन्जाडेको भर्जिनियामा यो पहिलो औपचारिक कार्यक्रम हुनेछ ।
कार्यक्रम हुने मिती र स्थान :
Date: September 23( Saturday), 4 PM to 6: PM
15049 Conference Centre Dr, Chantilly, VA 20151
प्रतिक्रिया