मेरिल्याण्डको एक विद्यालयमा लागूऔषध खोजी गर्दा बिधार्थीसँग भरुवा बन्दुक फेला,बिद्यालय ठूलो दुर्घटनाबाट बच्यो

इनेप्लिज २०८० असोज ४ गते १०:५६ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको एक विद्यालयमा लागूऔषध खोजी गर्दा बिधार्थीसँग भरुवा बन्दुक फेला परेको प्रहरीले बताएको छ । मेरिल्याण्ड राज्यको ल्यान्डओभर विद्यालयमा लागूऔषध खोजी गर्दा लोडेड(गोली राखिएको भरुवा) बन्दुक फेला परेको हो ।

बन्दुक बुधवार बिहान फेयरमन्ट हाइट्स हाई स्कूल( उच्च माध्यमिक बिद्यालय)मा फेला परेको प्रिन्स जर्ज काउन्टी प्रहरीले बताए । बिद्यालय ठूलो दुर्घटनाबाट बचेको छ ।

१७ बर्षिय एक बिधार्थीलाई कनिष्ठ (जुनियर) रहेता पनि उक्त विद्यार्थीलाई वयस्कको रूपमा अभियोग लगाइने र प्रक्रिया चलाइने प्रहरीले जनाएको छ । बिद्यार्थीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रारम्भिक अनुसन्धानका अनुसार एक साक्षीले प्रशासकहरूलाई संदिग्धले अवैध लागूऔषध राख्न सक्छ भनेर सूचित गरेको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुरक्षाकर्मीहरूले विद्यार्थीलाई खोजी गरे र लागूपदार्थ, बन्दुक र एक उपकरण समेत फेला पारिएको एनबिसी४ ले समाचारमा जनाएको छ । बिहान ११ बजे विद्यालयका स्रोत अधिकारीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

गत वर्ष काउन्टी विद्यालयमा १० वटा बन्दुक फेला परेका थिए । दुई वटा ग्रीष्मकालिन समयमा फेला परेका थिए भने यस विद्यालयमा यस वर्षमा अहिलेसम्म दुईवटा हतियार फेला परेका छन् ।

“आज, हामी फेयरमन्ट हाइट्स हाई स्कूलमा सम्भावित गम्भीर घटनालाई रोक्न विद्यालय सुरक्षा कर्मचारीहरू र हाम्रा कानून प्रवर्तन साझेदारहरूद्वारा गरिएको द्रुत र निर्णायक कदमको लागि कृतज्ञ छौं,” विज्ञप्तिमा भनिएको छ।

सेप्टेम्बर ११ मा डुभाल हाईस्कुल(उच्च माध्यमिक बिद्यालय)मा अध्ययनरत १६ वर्षीया किशोरीको भाइसँग विद्यालयबाट बाहिरिने क्रममा गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया