इरानको हिरासतबाट मुक्त गरिएको पाँच अमेरिकीलाई बोकेको विमान अमेरिकी भूमिमा अवतरण भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्।
उनीहरुको विमान मंगलबार बिहान वासिङ्टन डिसी क्षेत्रमा अवतरण भएको छ ।
मुक्त गरिएका अमेरिकीहरूसँग अब उनीहरू संयुक्त राज्य अमेरिकामा फर्किसकेपछि उनीहरूलाई सामान्य जीवनमा फर्काउन मद्दत गर्न पिसा (PISA )(पोस्ट आइसोलेशन सपोर्ट एक्टिभिटिज- पृथक सहायता क्रियाकलाप ) भनेर चिनिने डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा बिभाग)कार्यक्रममा भाग लिने विकल्प हुनेछ।
अमेरिकी विदेश मन्त्रालयले पाँच अमेरिकीलाई गलत तरिकाले हिरासतमा राखिएको घोषणा गरेको थियो ।
सम्झौता अन्तर्गत, दक्षिण कोरियामा प्रतिबन्धित खाताहरूमा राखिएको इरानी कोषको ६ अर्ब (बिलियन)डलर कतारका बैंकहरूमा प्रतिबन्धित खाताहरूमा स्थानान्तरण गरिएको छ ।
कोषहरू तेल बिक्रीबाट आएको हो जुन अनुमति दिइएको थियो र ट्रम्प प्रशासन अन्तर्गत स्थापित खाताहरूमा राखिएको थियो भनि सीएनएनलाई श्रोतले बताएको उल्लेख गरेको छ ।
बाइडेन प्रशासनका अधिकारीहरूका अनुसार कोष इरानले मानवीय खरिदका लागि मात्र प्रयोग गर्न सक्छ र प्रत्येक लेनदेन अमेरिकी ट्रेजरी (तोषाखाना)विभागले निगरानी गर्नेछ।
बन्दी बनाईकाहरूमा झण्डै आठ वर्षदेखि इरानमा थुनिएका सियामक नमाजी रहेका छन । यसै गरि इमाद शार्गी, वाशिंगटन डिसी निवासी हुन् र मोराद ताहबाजको एक अमेरिकी र बेलायती नागरिक हुन् ।
ह्वाइट हाउस र नमाजीको परिवारका वकिलका अनुसार केही समय पहिले इरानको कुख्यात इभिन कारागार (जेल)बाट नमाजी, शार्गी, तहबाज र एक अज्ञात बन्दीलाई रिहा गरिएको थियो। पाँचौं कैदीलाई पहिले नै घरमै नजरबन्द गरिएको थियो ।
प्रतिक्रिया