भर्जिनियाको एभरेस्ट लायन्स भलिबल क्लबले गुल्मीका भलिबल खेलाडी स्व विनोद विकको परिवारलाई सहयोग गरेको छ । केही महिना अगाडि निधन भएका गुल्मीका भलिबल खेलाडी विनोद विकको परिवारलाई सहयोग पठाएको हो ।
क्लबले पठाएको सहयोग रकम गत बिहिवार काठमाडौंमा ‘गुल्मेली सहयोगी हातहरु’ अभियानको सहजीकरणमा विनोदका परिवारलाई हस्तान्तरण गरिएको छ ।
क्लबले स्थानीय प्रतियोगितामा भाग लिदै जित हासील गरि पुरस्कारस्वरुप पाएको पुरस्कारबाट विनोदको परिवारलाई सहयोग स्वरुप ५६५ अमेरिकी डलर ( अक्षरुपी ७३ हजार ७ सय २० रुपैयाँ ) पठाएको हो ।
उक्त रकम मुसिकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख सोमनाथ सापकोटा, गुल्मेली सहयोग हातहरू अभियानका अध्यक्ष लिला खरेल र अन्य पदाधिकारीको उपस्थितिमा विनोद विककी आमा सीता विक र दिदी लक्ष्मी विकलाई हस्तान्तरण गरिएको हो ।
गुल्मीको मुसिकोट नगरपालिका ५ आपचौर निवासी विनोद भलिबलका उत्कृष्ट र उदियमान खेलाडी थिए ।
जिल्ला हुँदै नवौ राष्ट्रिय खेलमा प्रदेशबाट छनोट भइ उत्कृष्ट प्रदर्सन गरेका विनोदको अल्पायूमै निधन भएको थियो । फोक्सोको क्यान्सरका कारण २० वर्षको उमेरमा विनोदको निधन भएको थियो ।
प्रतिक्रिया