तीजमा कविता र दर

इनेप्लिज २०८० भदौ २८ गते २२:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी च्याप्टरले ९ सेप्टेम्बर २०२३ शनिवारका दिन तीज विशेष कार्यक्र भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिका सदस्य श्री सुदीपभद्र खनाल, बीओटी सल्लाहकार श्पुरू सुवेदी , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष भीम रेग्मी, अनेसासका पूर्व पदाधिकारीहरू र डीसी क्षेत्रका साहित्यकारहरूका साथै महिला दिदीबहिनीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा तीजका गीतसँगै, नृत्य र कविता प्रस्तुत गरिएको थियो । शकुन्तला अधिकारीको सिर्जनाको गीतलाई गोमा न्यौपाने, पुष्पा खनाल , विमला बस्नेत, सुनिता खत्री,लोककुमारी सुवेदी, गीता सिग्देल, वन्दना पोख्रेल, कृष्ण कुमारी शर्माले साथ दिएका थिए भने पुष्पा खनाल र गोमा न्यौपानेको एकल आवाजमा तीजको गीत प्रस्तुत भएको थियो ।कार्यक्रममा सुदीपभद्र खनाल, जगन्नाथ पौडेल, पुष्पा खनाल, कवीन्द्र सिटौला , भुवन सिग्देलबाट कवितावाचन समेत गरिनुका साथै सुदीपभद्र खनाल, पुरू सुवेदी, कल्पना सत्यालले आयोजकप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष श्री सुनिता खत्रीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कवीन्द्र सिटौलाले आमन्त्रित महानुभावहरूप्रति शुभकामना एवं धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव शकुन्तला अधिकारीबाट भएको थियो ।

प्रतिक्रिया