अमेरिकाको पेनसेल्भेनिया राज्यको फिलाडेल्फियामा हत्याको अभियोगमा दोषी ठहरिएका फरार रहेका कैदी ड्यानेलो क्याभाल्कान्टे पक्राउ परेका छन ।
उनलाई कुनै घटना बिना हिरासतमा लिईएको अधिकारीहरुले जनाएका छन । थप बिबरण दिइएको छैन भने सेप्टेम्वर १३ का बिहान ९ बजे पत्रकार सम्मेलनमा प्रहरीले उक्त जानकारी दिएका हुन ।
पेन्सिल्भेनियाका गभर्नर जोस शापिरो र पेन्सिलभेनिया राज्य प्रहरी प्रमुख जर्ज बिभेन्सले एक पत्रकार सम्मेलनमा क्याभाल्कान्टेलाई बिहान ८ बजेपछि खोजी कार्यको नेतृत्व गर्ने रणनीतिक टोलीका सदस्यहरूले पक्राउ गरेका थिए।
कुनै गोली नचलेको बताईएकोछ । उनि कसरी उक्त कारागारबाट भागेको अङ्किय दृश्य( भिडियो) समेत सार्वजनिक गरिएको छ। फरार कैदी अगस्त ३१ का दिन चेस्टर काउन्टी कारागारबाट दुई पर्खालहरूलाई आड बनाएर हात र खुट्टाले आधार बनाउदै तार पार गरेर बाहिर निस्किएका थिए ।
फरार रहेका कैदी हत्याको मुद्दा गत महिना आजीवन कारावासको सजाय पाएका थिए । आफ्नी ३३ वर्षीया पूर्व प्रेमिकालाई छुरा प्रहार गरेको अभियोगमा क्याभाल्कान्टलाई अगस्त १६ मा प्रथम श्रेणीको हत्याको दोषी ठहर गरिएको थियो। उनलाई गत हप्ता बिना प्यारोल(सजाय माफी )आजीवन कारावासको सजाय सुनाइएको थियो।
चेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता देब रायनका अनुसार उनी भाग्नु अघि चार हप्तामा राज्य सुधार संस्थामा सरुवा हुने तय गरिएको थियो।
सन् २०२१ मा उनले आफ्ना छोराछोरीको अगाडि करिब तीन दर्जन पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। उनी केही वर्षअघि ब्राजिलबाट फरार भएर अमेरिका आएका आएका थिए ।
उनी पोर्चुगाली ,स्पनेली र अङ्ग्रेजी भाषा बोल्ने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
प्रतिक्रिया