बाल्टीमोरमा पर्बत समाज अमेरिकाको हरितालिका तीज यसरी सम्पन्न

इनेप्लिज २०८० भदौ २७ गते ०:०५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टीमोर स्थापित पर्बत समाज अमेरिकाले यस क्षेत्रमा बसोबास गर्ने महिला दिदीबहिनी /चेलीबेटीहरुलाई आमन्त्रण गर्दै तीज हर्सौल्लाश साथ सम्पन्न गरेको छ ।

गत सेप्टेम्बर १० आइतबार साँझ बाल्टीमोरमा नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर पर्वत लगायत नेपाली दिदी बहिनीहरुलाई दर खाने चौरासी व्यंजन खानेकुरा खुवाई नाचगान सहित यस बर्षको तीज समापन गरेको छ। कार्यक्रम सुरु हुनु अगाडी नै दर सबैलाई खुवाईएको थियो ।

कार्यक्रममा अहिले चेलेका उत्कृष्ट गीतहरु बजाईएको थियो भने नाच्ने दर्शकहरुले समेतको अनुरोध गरेका थिए ।

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु पूजा चन्द, अरुणिमा लम्साल, रिचा घिमिरे,राहुल के सी, राधा लम्साल निर्देशक संकर घिमिरे, गोपालचन्द्र लामीछाने लगायतको बिशेष उपस्थिति रहेको थियो ।

त्यस्तै गरि चर्चित नृत्य निर्देशक शिब बिकको नृत्य संयोजनमा मोडल रुबी पौडेल, उषा लामा र बाल कलाकार उर्वशीले रोचक तिज नृत्य प्रस्तुत गरेका थिए भने गायिका कल्पना देवकोटाले आफ्नो नया तिज गीत गाउदा मन्चमा गायक लक्ष्मण पौडेल, शिव बिक र प्रवेश उप्रेतीले साथ दिएका थिए र उपस्थित सबै दर्शकले नाचेर रमाइलो गरेका थिए ।

समाजको ब उपाध्यक्ष प्रबिण भण्डारीले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष रबिन शर्माले स्वागत मन्तव्य दिएका थिए। प्रमुख अतिथि पर्बतका मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य सांसद डा ह्यारी भण्डारीले दिदी बहिनी लगायत अतिथिहरुलाई शुभकामना दिएका थिए ।

४ बजे शुरू गर्ने भनेको कार्यक्रम लगभग ११ बजे सम्म रमाइलो साथ चलेको थियो । पर्बत समाजका संस्थापक अध्यक्ष अध्यक्ष दुर्गा श्रेष्ठको समेत उपस्थिति र मन्तव्य रहेको थियो ।

प्रतिक्रिया