अमेरिकी सभामुख म्याकार्थीद्वारा बाइडेन माथी औपचारिक महाभियोग छानबिनको लागि अनुसन्धान खोल्न आह्वान

इनेप्लिज २०८० भदौ २६ गते १६:५९ मा प्रकाशित

अमेरिकी सभामुख केभिन म्याकार्थीले राष्ट्रपति जो बाइडेन माथी औपचारिक महाभियोग छानबिनको लागि अनुसन्धान खोल्न आह्वान गरेका छन ।

म्याकार्थीले मंगलबार महाभियोगको छानविनको घोषणा गरेका हुन ।

यद्यपि उनीहरूले बाइडेनका छोराको विदेशी व्यापार सम्झौताबाट प्रत्यक्ष रूपमा लाभ उठाएको आरोपहरू प्रमाणित गर्न बाँकी छ भनि सिएनएनले समाचार लेखेको छ ।

“यी शक्तिको दुरुपयोग, अवरोध र भ्रष्टाचारको आरोप हुन्,” क्यालिफोर्नियाका रिपब्लिकन दलका सॅासदले सदन (क्यापिटल हिल) आफ्नो कार्यालय बाहिर टिप्पणीमा भने। “

म्याकार्थीले आज म हाम्रो सदन (समिति) लाई राष्ट्रपति जो बाइडेन विरुद्ध औपचारिक महाभियोग छानबिन खोल्न निर्देशन दिन्छु भनि घोषणा गरेका छन ।

प्रतिक्रिया