भर्जिनिया गेन्सभिल शहरका महिलाहरुले मनाए यसरी तीज कार्यक्रम

इनेप्लिज २०८० भदौ २४ गते १३:१८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको गेन्सभिल शहरमा बसोबास गर्ने केही महिलाहरुले तीज मनाएका छन् । सानो समूहमा रहेको महिलाहरुले आफ्ना नातेदार,आफन्त र साथीभाईहरु मिली माइत सम्झदै तीज मनाएका छन् ।

उनीहरुले आ-आफ्नै घरमा बनाएका खानाका मीठा परिकारहरु बनाएर ल्याई दर खाएका र खुवाएका छन् । महिलाहरुको महान चाड हरि तालिका तीजको अवसरमा नाँचगान समेत गरेका छन् ।

उनीहरुले आफूलाई मन पर्ने तीजका अहिले चलेका चर्चित गीतहरु समेत बजाउदै परदेशमा माइती सम्झंदै मनोरंजन गरेका छन् ।

आगामी सेप्टेम्बर १६ शनिबारका दिन त्यसै क्षेत्रमा अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस )ले बृहत तीज उत्सव राखेको छ भने जहाँ हजारौको संख्यामा बिभिन्न राज्यहरुबाट समेत महिला दिदीबहिनीहरुको सहभागिता हुनेछ ।

साथै महिला दिदीबहिनीहरुले हरितालिका तीज २०८० को शुभकामना सहित कार्यक्रम हर्षोउल्लास साथ सम्पन्न गरेका छन ।

प्रतिक्रिया