अध्यावधिक गरिएको : मोरक्को गएको शक्तिशाली भूकम्पमा परि २ हजार भन्दा बढीको मृत्यु,२ हजार भन्दा ज्यादा घाइते

इनेप्लिज २०८० भदौ २४ गते १०:४४ मा प्रकाशित

अध्यावधिक गरिएको : मोरक्को गएको शक्तिशाली भूकम्पमा परि २ हजार भन्दा बढीको मृत्यु भएको छ भने २ हजार भन्दा ज्यादा घाइते भएका छन् ।

गत शुक्रबार राति ११ बजे माराकेच नजिकै मोरक्कोको उच्च एटलस पहाडमा भूकम्प गएको थियो। मोरक्कोको गृह मन्त्रालयका अनुसार माराकेच नजिकैको भूकम्पमा मृत्यु हुनेको संख्या २,०१२ पुगेको छ । जसमा धेरै जसो माराकेच र भूकम्पको केन्द्र नजिकका पाँच प्रान्तमा भएको अधिकारीहरूले बताए ।

कम्तिमा २,०५९ जना घाइते भएका छन भने जसमा १,४०४ गम्भीर अवस्थामा रहेको अधिकारीहरूले भने।

मोरक्कोमा गएको दुर्लभ र शक्तिशाली ६.८ परिमाण (म्याग्निच्यूड)को भूकम्पले मोरक्कोलाई प्रभावित पारेको छ । एक शताब्दी भन्दा बढी समय पछि गएको सबैभन्दा शक्तिशाली भूकम्प राति ११ बजेर ११ मिनेटमा गएको भूकम्प ६.८ परिमाण (म्याग्निच्युड)को रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

अहिले रगतको अभाव हुनाले रक्तदान कार्यक्रम तीब्र चलेको छ भने बिश्व कप लात्ते भकुण्डो प्रतियोगितामा सहभागी हुने टोलीले समेत रगतदान गरेका छन् । बिश्वका सबै नेताहरुले समवेदना दिएका छन् ।

राष्ट्रपति जो बाइडेनले एक लिखित विज्ञप्तिमा जारी गर्दै मोरक्कोमा भूकम्पबाट भएको जनधनको क्षति र विनाशबाट आफू दुःखी भएको जनाएका छन् ।

उनले अगाडी भने ,मेरो प्रशासन मोरक्कोका अधिकारीहरूसँग सम्पर्कमा छ। हामी मोरक्कोमा अमेरिकी नागरिकहरू सुरक्षित छन् भनी सुनिश्चित गर्न द्रुत रूपमा काम गरिरहेका छौं, र मोरक्कोका जनताका लागि कुनै पनि आवश्यक सहयोग उपलब्ध गराउन तयार छौं।

प्रतिक्रिया