क्रिकेटर सन्दीपको मुद्दामा जन्मदर्ता र बसाइसराइ सम्बन्धी थप कागजात झिकाउन आदेश

इनेप्लिज २०८० भदौ २१ गते १२:१४ मा प्रकाशित

काठमाडौं, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।

सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ ।

तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला- २६ को जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको स्रोतले बतायो ।

हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ ।

प्रतिक्रिया