क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

इनेप्लिज २०८० भदौ २१ गते ७:१४ मा प्रकाशित

काठमाडौ, नेपाली क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पेसी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ ।

उनको मुद्दा ३ नम्बरमा रहेकाले अन्तिम बहसको सम्भावना रहेको छ । यसअघि सन्दीपको मुद्दाको बहस पटक’/पटक स्थगित हुँदै आएको छ ।

जिल्ला अदालत, काठमाडौंले आजका लागि फैसला पेसी तोकेपछि आज तीन नम्बरमा सुनुवाइ परको हो ।

यसअघि गत १० भदौमा मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

प्रतिक्रिया