अमेरिकी संसदमा जनवरी ६ मा देशद्रोहको षड्यन्त्रको मुद्दामा प्राउड ब्वाईजका नेतालाई २२ बर्ष कारागार सजाय सुनाइएको छ।
प्राउड ब्वाईज नामक समूहका एक समयका अध्यक्ष, एनरिक टारियोलाई सेप्टेम्बर ५ मंगलबारका दिन २२ वर्षको जेल सजाय सुनाइएको छ । जनवरी ६ संसद भवन उल्लंघनमा न्याय विभागको अनुसन्धानमा उनलाई लगाइएको यो सबैभन्दा लामो कारागार सजाय हो।
अभियोजकहरूले ३३ वर्षको कारागार सजायको सिफारिस गरेका थिए।
हेनरी “एनरिक” टारियो २०२२ मा गिरफ्तारी भए पछि झ्यालखानामा छन् । यस वर्षको सुरुमा वाशिंगटन, डीसी निर्णायक मण्डल (जूरी) द्वारा राजद्रोह षड्यन्त्र सहित धेरै आरोपहरूमा उनलाई दोषी ठहराइएको थियो।
उनका सह-प्रतिवादी एथान नोर्डियनलाई गत हप्ता १८ वर्षको कारागार सजाय सुनाइएको थियो भने अन्यले १० देखि १७ वर्षसम्मको सजाय पाएका थिए। टारियोको सजाय पहिले नै सुनाइएको थियो तर अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी केलीको बिरामीको कारणले ढिलाइ भएको थियो।
टेरियो जनवरी ६ मा संसद भवनमा उपस्थित थिएनन्, तर अभियोजकहरूले उनीहरूको सजायका कागजातहरूमा उनलाई षड्यन्त्रको “प्रमुख आयोजक” भनेर उनलाई ब्याख्या गरेका थिए । जसको लागि उनी र उनका सह-प्रतिवादीहरू दोषी ठहरिएका थिए।
प्रतिक्रिया