अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्केन अघोषित रुपमा अचानक युक्रेन पुगेका छन् । उनि युक्रेनको काउन्टर अफेन्सिभ( प्रत्याक्रमण )को बारेमा सुन्नको लागि कीभ आइपुगेको सिएनएनले जनाएको छ ।
फेब्रुअरी २०२२ मा रूसको पूर्ण-स्तरीय आक्रमण सुरु भएदेखि युक्रेनी राजधानीको तेस्रो यात्रा के हो भने अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केन बुधबार सेप्टेम्बर ६ का दिन कीभ पुगेका छन् ।
यो भ्रमण युक्रेनको काउन्टर अफेन्सिभ (प्रत्याक्रमण )चौथो महिनामा अघि बढेको बेला आएको हो । बुधवार ब्लिन्केनको पहिलो भ्रमण सैन्य चिहानमा गएका थिए भने उनले युक्रेनका सहादत प्राप्त गरेका सैनिकहरूको सम्मानमा माल्यार्पण गरे।
केही अमेरिकी अधिकारीहरूले युक्रेनको काउन्टर अफेन्सिभ(प्रत्याक्रमण) रणनीतिको गोप्य रूपमा आलोचना गरेका छन भनि सिएनएनले उल्लेख गरेको छ ।
राष्ट्रपति जो बाइडेनले युक्रेनलाई चलिरहेको युद्धमा रुसलाई हराउन मद्दत गर्न कांग्रेसलाई २४ अर्ब डलरभन्दा बढीको माग गरेको एक महिनाभन्दा कम समयपछिको कीभमा ब्लिन्केनको आगमन भएको हो ।
अप्रिल २०२२ मा ब्लिन्केनले रक्षा सचिव लोयड अस्टिनसँगको यात्रा गरेका थिए । उनको दोस्रो यात्रा गत वर्ष सेप्टेम्बरमा भएको थियो जब युक्रेनको पहिलो ठूलो काउन्टर अफेन्सिभ (प्रत्याक्रमण)खार्किभ क्षेत्रमा चलिरहेको थियो।
प्रतिक्रिया