अमेरिका नेपाल सहयोगी समाजले नि:शुल्क तीजभोज कार्यक्रम गर्दै,सबैलाई चूलो निम्तो

इनेप्लिज २०८० भदौ १८ गते १२:३७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्र भर्जिनिया राज्यको मनासस शहरमा स्थापना काल देखि नै क्रियाशील रहेको नेपालीहरुको गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस ) ले बिगत बर्ष झैँ यस बर्ष पनि नि:शुल्क तीज कार्यक्रम गर्ने भएको छ ।

कोरोना महामारीको समयमा भौतिक रुपमा तीज कार्यक्रम गर्न नसकेता पनि परोक्ष ( भर्चुअल)रुपमा गरेर भएता पनि निरन्तरता दिदै आएकोमा यस बर्ष २०२३ मा भव्यताको साथ मनाउन तयारीमा जुटेको छ ।

आगामी सेप्टेम्बर १६, २०२३ शनिबारका दिन कार्यक्रम गर्ने भएको छ भने पूर्व तयारीका लागि गत जुलाई २३ मा कार्य समिति बैठक बसी सो निर्णय गरेको हो ।

हाल संस्थामा महिला नेतृत्व रहेको छ भने अध्यक्ष जानु ओझा बस्नेतले सबैलाई सहभागिता हुन् आह्वान गरेकी छिन । सम्भवत अमेरिकामै नेपाली समुदायमा सबै भन्दा ज्याँदा सहभागिता रहने यस तीज कार्यक्रम भर्जिनिया राज्यको मनासस छेउ रहेको हे मार्केट नामक शहरमा कार्यक्रम हुनेछ ।

एएनएचएस समितिले दिएको जानकारी अनुसार कार्यक्रमलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न संस्थाका महासचिव तनुजा पोखरेल संयोजक र सदस्य काशी खड्का सहसंयोजक रहने गरी पन्ध्र सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रममा नि:शुल्क दर खुवाइनुको साथै मनोरन्जनात्मक कार्यक्रम पनि गरिने छ । संस्थामा सहभागी हुने अधिकांश महिला दिदीबहिनीतथा चेलीबेटीहरुले एकै प्रकारका सारी (फरिया),पुरुष तथा बालबालिकाहरुले समेत नेपालको परम्परा र संस्कृति झल्कने वस्त्र नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल तथा नेपाली झन्डा सहितको बिशेष प्रदर्शनले थप आकर्षण गराउदै आएको छ । यस पटक पनि त्यो परम्परालाई निरन्तर दिईने छ ।

महिलाहरुको महान चांड हरितालिका तीजको अवसरमा कार्यक्रममा स्वादिष्ट दर खाने र नाचगान गर्ने तथा अन्य सृजनात्मक क्रियाकलापहरू पनि आयोजना गरिने छ ।

भर्जिनियाका छिमेकी राज्यहरुबाट पनि निकै सहभागिता हुने गरेकोले यस बर्ष अन्य आउने जो कोहीलाई बिगत बर्ष झैँ स्वागत गरिने छ ।

मिति: १६ , सेप्टेम्बर २०२३
स्थानः 6100, Antioch Rd, Haymarket, VA, 20169
समय: दिउसो ४:०० बजेदेखि साँझ ९:०० बजेसम्म

प्रतिक्रिया