डिसीमा गोली चल्दा २ महिलाको मृत्यु, किशोरी घाइते: प्रहरी

इनेप्लिज २०८० भदौ १७ गते १२:०४ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको उत्तरपश्चिममा दुई महिलाको हत्या र एक किशोरीलाई घाइते बनाउने व्यक्तिहरुको खोजी र अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा दक्षिणपूर्वकी १९ वर्षीय मिकेया फर्गुसन र उत्तरपश्चिमकी १८ वर्षीय क्लेसाइ पेरी रहेका छन् ।

प्रहरी अधिकारीहरूले मध्यरात अघि उत्तर पश्चिमको सेभेन्थ स्ट्रिट (सातौ मार्ग) को १३०० भवन समूह(ब्लक)मा गोली चले पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

महानगर प्रहरी बिभागका अनुसार उनीहरूले भवनको सवारी साधन अडान क्षेत्र (पार्किङ)मा दुई महिला र किशोरीलाई गोली लागेको अवस्थामा फेला पारे।

उनीहरु सबैलाई अस्पताल लगिएको थियो । महिलाहरूलाई मृत घोषित गरिएको थियो भने किशोरीको अवस्था गम्भीर तर स्थिर रहेको एनबिसीवाशिंगटनले समाचारमा उल्लेख गरेको छ ।

यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूले गोली चलाउँदा धेरै पटक गोली चलेको आवाज सुनिएको एनबिसीवाशिंगटनलाई बताएका थिए ।

प्रतिक्रिया