नेपालमा रिलिज भएको पछिल्लो नेपाली चलचित्र अमेरिकामा प्रदर्शन भएको छ । प्रदर्शनको साथ गणपति यस हप्ता ५० वटा शोहरू सहित १० वटा थिएटरहरूमा प्रदर्शन गरिनेछ । यो चलचित्रले नेपालमा निकै सकारात्मक समीक्षा बटुलेको छ र दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
यो चलचित्र टेक्ससका तीन सहर (डालस, युलेस र रिचर्डसर्डन) र क्यालिफोर्नियाका दुई शहर (साक्रामेन्टो र सान्रोटा रोजा) साथै न्यूयोर्क शहर (म्यानह्याटन नजिकै), फेयरफ्याक्स भर्जिनिया , सेलेभल्याण्ड ओहायो र ग्रीन्सबोरो नर्थक्यारोलाइनमा रिलिज भएको छ ।
यो फिल्म फेयरफ्याक्सको एन्जेलिका सिनेमा थिएटरमा यस हप्ताको लागि दैनिक अबेर राती शोहरूमा प्रदर्शन भइरहेको छ। तपाईहरु थिएटर वेबसाइटबाट वा यहाँक्लिक गरेर टिकटहरू प्राप्त गर्न सक्न हुुन्छ ।
नेपाल ११ इन्टरटेनमेन्टले अमेरिकाको स्क्रिनमा गणपति देखि नयाँचलचित्र ल्याउने बितरण कम्पनीले जनाएको छ ।
गणपतिले मानिस र भगवान बीचको भिन्नता देखाउन खोजेको छ, जहाँ एक व्यक्तिले आफुलाई मानव बनाउन सघर्ष गर्दछ। यो सामाजिक पारिवारिक नाटक हो जसमा हास्य, प्रेम, भावना र अन्य विभिन्न सामाजिक विषय र समस्याहरू समावेश छन ।
नेपालमा बिहीवारदेखि नै प्रदर्शन गरिएको ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गरेका हुन् । उनकै लेखन रहेको याे चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।
चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन् ।
प्रतिक्रिया