गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)की अध्यक्ष रबिन थापाले पुन अध्यक्ष पदमा उम्मेदवारी दिने भए पछि भेटघाट कार्यक्रमलाई तीव्र बनाएकी छिन । यसै क्रम उनि हाल क्यानडाको भ्रमणमा व्यस्त रहेकी छिन भने उनलाई त्यहाँ भब्य स्वागत गरिएको छ ।
क्यानडामा हुँदा एनआरएए क्यानडाको नया कार्य समितीले समेत उनलाई भेटघाट गरेको छ । उनि क्यानडामा रहदा प्रतिनिधि(डेलिगेट )लाई भेटघाट गर्नुको साथै जनसम्पर्क समिती क्यानडा र कास्की समाज क्यानडाले ग्रेटर टोरन्टोले उनलाई भब्य स्वागत गरेका छन् ।
एनआरएनए महाधिवेशनको पूर्व सन्ध्यामा थापा प्रतिनिधिहरूसँग मत माग्न व्यस्त रहेकी छिन ।
थापाले आफ्नो कार्यकालमा थुप्रै महत्वपूर्ण कार्य गरेकी छिन भने धेरै नै काम गर्न रहेकोले नेतृत्व गर्न पुन आफू उम्मेदवार दिने उनले बताइन।
एनआरएनएमा उम्मेदवार शुल्क घटाउन बिषयमा उनले २०१७ देखि अथक प्रयास गरेकी थिइन् भने हालसालै भै शुल्क घटाउने निर्णय भएको छ ।
निर्णय पछि आफू त्यतिमा मात्र सीमित नभई अझ पनि सदस्यहरुका गुनासो,सल्लाह, सुझाव र सिफारिसमा लागि पर्ने उनले इनेप्लिजलाई बताएकी थिइन्।
शुल्क घटाउने निर्णय भएता पनि आफूले कोसिस गर्दा गर्दै पनि समिति ठूलो भएको कारण पंजीकृत सदस्यले चुनावमा मत हाल्न नपाउने निर्णय नभएको कारण आफूलाई दुख लागेको बताइकी थिइन् । उनले ईनेप्लिजसंगको अन्तर्वार्तामा यस बिषयमा बिगतमा पनि लड्दै आएको र भबिश्यमा पनि लड्ने प्रतिबद्धता जाहेर गरेकी थिइन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवर सम्म काठमाण्डौंमा हुदैछ ।
प्रतिक्रिया