एनआरएनए भर्जिनीया च्याप्टरको नव निर्वाचित कार्य समितिको पहिलो वैठक सम्पन्न, कार्यभार हस्तान्तरण

इनेप्लिज २०८० भदौ १३ गते २३:२९ मा प्रकाशित

एनआरएनए भार्जिनीया च्याप्टरको नव निर्वाचित कार्य समितिको पहिलो वैठक सम्पन्न भएको छ । गत अगस्त २९ ,२०२३ मा गैह्आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को केन्द्रिय कार्यालय, भर्जिनिया स्थित वैठक कक्षमा निवर्तमान कार्यसमितिका पदाधिकारी तथा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको सहभागितामा संयुक्त वैठक सफलतापूर्वक सम्पन्न भएको छ ।

सम्पन्न वैठकबाट नव निर्वाचित कार्य समितिलाई कार्यभार, कार्य जिम्मेवारी, विशेष गरि आर्थिक विवरण, वैक खाता संचालन, सुचना प्रवाहको लागि प्रयोगमा रहेका डिजीटल सामाग्रीहरुको पँहुच,निरन्तरता दिनुपर्ने कार्यहरु, अभिलेख तथा विगतमा सम्पन्न असल अभ्यासहरु लगाएत सवै सामाग्रिहरुको पँहुच तथा कार्यभार नव निर्वाचित कार्य समिति समक्ष हस्तान्तरण एवं वरबुझारत गर्ने कार्य सम्पन्न गरियो ।

वैठकमा युनाईटेड वैंकमा रहेको मौज्दात च्याप्टरको खाता हस्तान्तरण प्रक्रियावारे छलफल सहित अवश्यक जानकारी तथा कागजात हस्तान्तरण गरियो । उक्त हस्तान्तरण संयुक्त वैठकको अध्यक्षता निवर्तमान अध्यक्ष सुवोध रेग्मीको अध्यक्षतामा सम्पन्न भयो ।

सो अवसरमा निवर्तमान कार्यसमितिका उपाध्यक्ष राजन घिमीरे तथा नव निर्वाचित कार्य समितिका अध्यक्ष विशाल कार्की लगायत पदाधिकारीको सहभागिता रहेको थियो । यस कार्यक्रमको संयोजन दक्षिण क्षेत्रका क्षेत्रीय संयोजक मोहन न्यौपानेले गर्नु भएको थियो ।

यसै गरि नव निर्वाचित पदाधिकारीहरुको पहिलो वैठक कार्य समितिका नव निर्वाचित अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त वैठकबाट सवै पदाधिकारीहरुको संक्षिप्त परिचय आदान प्रदान, मनोनयन तथा पदीय जिम्मेवारी वाँडफाड, निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन, च्याप्टरको कोष अभिवृद्धि कार्ययोजना तयार गर्ने लगाएत समग्र वार्षिक कार्य योजनाहरुवारे छलफलमा ब्यवस्था भएको च्याप्टर सम्वन्धी नितीगत ब्यवस्थाहरुवारे छलफल,तथा डि.सी नेपाली समाजले आयोजना गरेको जनै पुर्णिमा कार्यक्रममा तथा न्याकले आयोजना गरेका वृहत तिज कार्यक्रममा स्वयंसेवक,समन्वय तथा अन्य आवश्यक सहयोग गर्ने सम्वन्धमा समेत छलफल र सहमति गरियो ।

सम्पन्न वैठकबाट भर्जिनीया च्याप्टरले विधानत १५ सदस्य रहेको कार्यसमितिलाई पूर्णता प्रदान गरेको छ ।
१. अध्यक्ष : विशाल कार्की
२. उपाध्यक्ष : अर्जुन ध्वज खड्का
३. उपाध्यक्ष (महिला) : रत्ना अधिकारी
४. सचिव : गेहेन्द्र पोख्रेल
५.सचिव (महिला) : डा.स्वेता ओझा
६.कोषाध्यक्ष: कृष्ण क्षेत्रि घर्ति
७. महिला संयोजक : लता घिमिरे
८. युवा संयोजक : अभिजीत राई
९.वोर्ड सदस्य : हरीराम भण्डारी
१०. वोर्ड सदस्य : सुजन खनाल
११. वोर्ड सदस्य : दिपक नेपाली
१२. वोर्ड सदस्य : भिमा पाठक
१३. वोर्ड सदस्य : राम अर्याल
१४. वोर्ड सदस्य : अनिल भट्टराई
१५. वोर्ड सदस्य : सफल वानिया

प्रत्येक महिनाको पहिलो विहिवार च्याप्टर कार्य समितीको वैठक वस्ने सर्वसम्मत निर्णय गदै आगामी सेप्टेम्वर तेश्रो हप्तामा एनआरएनए अमेरिकाका नव निर्वाचित अध्यक्ष डा.अर्जुन वन्जाडे लगाएत, नव निर्वाचित केन्द्रिय कार्यसमितिका पदाधिकारीको उपस्थितिमा, च्यापटरका नव नियुक्त पदाधीकारीहरुको सपथ ग्रहण, धन्यवाद ज्ञापन तथा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र उक्त वृहत अन्तरक्रियात्मक कार्यक्रममा उपस्थितीको लागी भर्जिनीयावासी सवैमा अनुरोध गरिने विषयमा छलफल सहित निर्णय गरियो ।

कार्यक्रमवारे विस्तृत जानकारी पछि उपलब्ध गराईने समितिका युवा संयोजक अभिजीत राईले वताउनु भयो।

प्रतिक्रिया