“पर्वत समाज अमेरिकाले हरितालिका तीज विशेष कार्यक्रम गर्ने “

इनेप्लिज २०८० भदौ १३ गते २२:३० मा प्रकाशित

नेपालीहरूको महान चाड हरितालिका तिज २०८० को उपलक्ष्यमा पर्वत समाज अमेरिकाले सधैं झैं यस बर्ष पनि भव्य कार्यक्रम गर्ने भएको छ ।

समाजले यही सेप्टेम्बर १० आइतबारका दिन म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा ( 1909 old eastern , Essex MD 21221 ) कार्यक्रम गर्न लागेको हो ।

पर्बत समाज अमेरिकाका अध्यक्ष रविन शर्माका अनुसार कार्यक्रमले नेपालीहरूको बीचको एकता ,भातृत्व ,आपसी मेलमिलापलाई अझ प्रगाढ बनाउने कार्यक्रमको उद्देश्य रहेको बताएका छन ।

शर्माका अनुसार ख्याति प्राप्त कलाकारहरूको समेत प्रस्तुति रहने उक्त कार्यक्रममा सम्पूर्ण दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया