प्रा.डा. जगमान गुरुङलाई “नेपाल ऋषि”को उपाधि 

इनेप्लिज २०८० भदौ १३ गते १:४९ मा प्रकाशित

२०८० भाद्र १२, काठमाडौं ।

होटल तपसामा विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई विश्व हिन्दु महासंघले ‘नेपाल ऋषि’को उपधिले सम्मानित गर्‍यो ।

विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. जगमान गुरुङले “सामाजिक सदभाव र धार्मिक सहिष्णुता”को विषयमा धर्मिक, संस्कृति र जातजातिको समन्वयात्मक एकताको भवनाको विकास गरी नेपाल राष्ट्रको समुन्नति कसरी गर्ने भन्ने समन्वयात्मक प्रवचन दिनु भएको थियो ।

डा. गुरुङले – “हजारौ वर्षपहिलेदेखि नेपाल र नेपाली वहुभाषिक, बहुजातीय बहुधार्मिक बहुसाँस्कृतिकबीच आपसी समन्वयात्मक सम्बन्धमा रहँदै आएको र ऋषि महर्षिहरूको तपो भूमि गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको महान तपोभूमि कहिल्यै कुनै जातजाति धर्म संस्कृतिका बीच मतभिन्नाता भएको पाइँदैन । सीता र बुद्धको जन्मभूमिमा हाम्रो हरेक चाडपर्वमा सहिष्णुता कामय रहि विकास भइआएको छ” भन्नु भयो ।

यस अवसरमा सामाजिक अभियन्ता सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले डा. गुरुङको विषयमा प्रकाश पार्नु भएको थियो ।

डा. जगमान गुरुङलाई सर्वप्रथम पुराणस्थल दोलखामा “नेपाल ऋषि”को उपाधिले सम्मानित गरिएको थियो । यसपछि साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको अवसरमा गत २०८० भदौ १३ गते सो उपाधिलाई अनुमोदन गरेको थियो ।

विभिन्न संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीले आगामी दिनमा सबै संस्थाहरुलाई समेटेर लाने बताउनु भएको थियो ।

प्रतिक्रिया