अमेरिकाको टेक्सस राज्यको उत्तरी शहर एलेनमा रहेको एक घरमा चारजना व्यक्तिहरु हत्या-आत्महत्या गरेको अवस्थामा मृत फेला परेका छन ।
प्रहरीले सोमबार चार व्यक्तिलाई मृत फेला पारेको र अनुसन्धानकर्ताहरूले यसलाई हत्या-आत्महत्या भएको बताएका छन्।
एक त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाले प्रहरीलाई ८:४५ बजे बिहान बोलाएका थिए । खबर गर्ने व्यक्तिले उनीहरु करिब दुई घण्टादेखि तालाबन्दी गरिएको र परिवारका अन्य सदस्यहरूले ढोका नखोले पछि कल्याण जाँचको लागि प्रहरीलाई घरमा बोलाइएको थियो। प्रहरी अधिकारीहरू घरमा प्रवेश गरे पछि चार जनालाई मृत फेला पारेका थिए ।
प्रहरीले हत्या-आत्महत्याका कारण मृत्यु भएको बताएको छ । तर प्रहरीले मृतकहरूको नाम वा उमेर सार्वजनिक गरेको छैन । साथै थप विवरणहरू प्रदान नगरेको एबिसीन्यूजले समाचारमा जनाएको छ ।
एलेन शहर १ लाख ११ हजार भन्दा बढी मानिसहरूको जनसंख्या भएको शहर हो भने ड्यालसबाट लगभग २५ माइल उत्तरमा पर्दछ ।
तस्बिर कृतज्ञता : फक्स४ न्यूज
प्रतिक्रिया