मनासस भर्जिनियामा समुदायको माँग र अनुरोधमा अन्तिम तीज मेला लाग्दै, ७ डलर देखि नै सारी खरिद गर्न पाइने

इनेप्लिज २०८० भदौ १२ गते २२:२७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको नेपालीहरुको निकै बाक्लो बसोबास भएको शहर मनाससमा समुदायको माँग र अनुरोधमा पुन :अन्तिम तीज मेला राखिने भएको छ ।

गत अगस्त ६ ,२०२३ का दिन महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै राखिएको तीज मेलामा बिहान देखि बेलुका सम्म नेपाली चेलीबेटी तथा महिलाहरुले झोलाको झोला सस्तो मूल्यमा खरिद गरेका थिए । समुदायको माँग र अनुरोधमा अन्तिम(फाइनल) तीज मेला बिक्री आगामी सेप्टेम्बर ३ ,२०२३ आईतबारका दिन ७ डलर देखि नै सारी खरिद गर्न पाइने भएकोले यो सुवर्ण अवसर नचुकाउन सबै महिलाहरु दिदी बहिनीहरुलाई आयोजकले आग्रह गरेका छन ।

नेपाली महिला तथा दिदीबहिनीहरुको महान पर्व तीजलाई लक्षित गर्दै दोश्रो पटक तीज मेला लगाउन लागिएको आयोजकले ईनेप्लिजलाई बताए । चेलीबेटीहरुलाई दर समेत खुवाइने छ । उक्त मेलामा महिला दिदीबहिनीहरुका लागि सस्तो र उचित मूल्यमा साडी( फरिया) कूर्ता सुरुवाल, गरगहना लगायत महिलाहरुलाई चाहिने थुप्रै अन्य तयारी पोशाकहरु समेत प्रदर्शन गरिने भएकोले सवैलाई आई दिन हुन आग्रह गरिएको छ ।

साथै पुरुषहरुका लागि पनि वस्त्रहरु पनि पाईने उपलब्ध हुनेछ । यो मेलाको आयोजना लिजा व्यूटी तथा फेसन हवले गर्ने छ ।आगामी सेप्टेम्बर ३ ,२०२३ का दिन आईतवार बिहान ११ बजे देखि साझ ७ बजे सम्म अन्तिम तीज मेला लाग्ने छ । तीज मेला लाग्ने ठेगाना : 8128 SUDLEY ROAD MANASAAS VA 20109 रहेको छ ।

उक्त मेला युनाइटेड बजार भित्र लाग्नेछ । बिस्तृत जानकारी लिन यो धव्जा( व्यानर ) हेर्न समेत आयोजकले आह्वान गरेका छन ।

प्रतिक्रिया