भर्जिनियाको नव दुर्गा नेपाली स्कूल( पाठशाला)को नया समितीको सबै पदाधिकारीहरुमा महिला निर्वाचित ,तीज तथा वनभोज सम्पन्न

इनेप्लिज २०८० भदौ ११ गते ०:२९ मा प्रकाशित

भर्जिनियाको नव दुर्गा नेपाली स्कूल( पाठशाला)को नया समितीको सबै पदाधिकारीहरुमा महिलाहरु सर्वसम्मतले निर्वाचित भएका छन् । सन् २०१५ मा फेयरफ्याक्स भर्जिनियामा स्थापित भएको यो बिद्यालयमा पहिलो पटक समितिमा पुरै महिलाहरु मात्र चयन भएका छन् ।

स्थापना काल देखि ज्यादा पुरुषहरुले नेतृत्व गर्दै महिलाहरुलाई समेत सहभागिता गराउदै आएकोमा यस बर्ष महिलाहरुले पुरै जिम्मेबार पाएका छन् । निर्वाचन समितिले नयाँ नेतृत्वमा आएका सबै महिलाहरु सर्वसम्मत भएको र दुई बर्ष कार्यकालको लागि निर्वाचित भएका छन् ।

सर्वसम्मतबाट समितिमा निर्वाचित हुनेहरुमा क्रमस अर्चना शर्मा,सबिना थपलिया ,गरिमा तिवारी,पूर्ण घिमिरे ,अन्जु पाण्डे तथा निरीक्षण तथा अनुपालन अधिकारी (ओभर साइट एण्ड कमप्लायन्स अफिसर)मा लक्ष्मी रेग्मी रहेका छन् ।

नव दुर्गा नेपाली स्कूल(बिद्यालय)मा अध्यक्ष ,उपाध्यक्ष र महासचिव पद निर्माण नगरिएको अर्थात् कुनै पद राखिएको छैन ,सबै निर्वाचित पदाधिकारीहरु समिति सदस्यहरुको मात्र भूमिका निर्वाह गर्दछन । सबै बराबर हुन् भने सबैलाई जिम्मेवार उत्तिकै दिइएको छ ।

आज भर्जिनियाको लोर्टनको एक बनभोज स्थलमा आयोजना गरिएको बनभोज र तीज समारोहमा बिद्यालयको नया शैक्षिक सत्र बारे छलफल गरिनुको साथै नया समितीको घोषणा समेत गरियो । पूर्व पदाधिकारीहरुले आफ्ना कुराहरु र नयाँ निर्वाचित महिलाहरुले समेत बोलेका थिए ।

औपचारिक कार्यक्रममा आजीवन सदस्यको घोषणा समेत गरिनुको साथै बिभिन्न समितिले गतिबिधि बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सदस्यहरुले आफैले घरमा बनाएर ल्याएका खानेकुरा ल्याई दिवा भोजन र तीज दर समेत खुवाईएको थियो ।

औपचारिक कार्यक्रम पश्च्यात तीज गीतमा महिलाहरुले नाचगान गरि रमाईलो गरेका थिए ।

प्रतिक्रिया