उत्तर कोरियाले आइतवार विदेशमा रहेका आफ्ना नागरिकहरूलाई विश्वव्यापी महामारीको अवस्थालाई सहज बनाउनका लागि घर फर्कन अनुमति दिने भएको जनाएको छ ।
सरकारी संचार माध्यमले एक संक्षिप्त वक्तव्य जारी गर्दै उत्तर कोरिया फर्कनेहरूलाई “उचित चिकित्सा अवलोकन” को लागि एक हप्ताको लागि एकान्तवास (क्वारिनटिन )राखिने जनाएको छ । महामारी सुरु भएपछि उत्तर कोरियाले पर्यटकहरूलाई प्रतिबन्ध लगाएको थियो ।
अगस्तको सुरुमा उत्तर कोरियाली तेक्वान्दो खेलाडीहरू र अधिकारीहरूको एउटा समूह बेइजिङ गएको थियो । त्यसपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन कजाकिस्तानको लागि उडान भरेको थियो।
बेइजिङको अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष (डिपार्चर हल)अगाडि उत्तर कोरियाको झण्डासहित करिब ८० पुरुष र महिलाको समूह देखिएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
महामारी सुरु भएता उत्तर कोरियाबाट यति ठूलो प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय भ्रमण गरेको यो पहिलो पटक हो भनि समाचारमा जनाईएको छ ।
प्रतिक्रिया