विराटनगर,१० भदौ (रासस) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध ढङगले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने बताउनु भएको छ।
नेकपा एमाले कोशी प्रदेश संगठन कमिटीको आइतबार विराटनगरमा आयोजित सातौ पूर्ण बैठकमा उहाँले हजारौ जनताले आफ्नो ज्यानको आहुति दिएर ल्याएको संविधानको सफल कार्यान्वयन र आवश्यक्ता अनुसार संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष ओलीले मुलुकमा सुशासन, विकासलाई मुख्यरुपमा आगाडि राखी लोकतन्त्रलाई सुदृढका साथ आगाडि वढ्न आग्रह गर्नु भयो ।
उहाँले पहिचानको राजनीति हुदैन भन्दै राजनीति मानव समाज, देश र जनताको रक्षा गर्ने वैज्ञानिक नीति भएको बताउनु भयो ।
अध्यक्ष ओली भन्नु भयो – पहिचान भन्नु जनतालाई भुलभुलैयामा राख्नु मात्र हो भन्दै मुलुकमा वसोवास गर्ने सम्पूर्ण जातजातिले आफ्नो भाषा, संस्कृतिको रक्षा गरी अगाडि वढ्न पाउनु पर्छ भन्नु भयो ।
उहाँले सबैको विकास, समान अधिकार र अवसरको सुनिश्चता कायम गरी सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष ओलीले कोशी प्रदेश नामकरण तराई, हिमाल पहाडीका सम्पूर्ण जातजातिको सहाउँदो विविधतापूर्ण साझा नाम भएको प्रष्ट पार्नु भयो ।
उहाँले कार्यकर्ताहरुलाई मिशन विस २०८४ का लागि अहिलेदेखि तैयारी गर्न आग्रह गर्दै आगामी निर्वाचनमा ५१ प्रतिशत भन्दा वढी स्थानमा विजयी हासिल गर्नुपर्नेमा जोड दिनु भयो ।
एक दिने वैठकमा कोशी प्रदेशका छ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ।
प्रतिक्रिया